काठमाडौं । स्वतन्त्रबाट धरान उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित हुनुभएका हर्क साम्पाङ (राई) निर्वाचन आयोग प्रति आक्रोशित हुनुभएको छ ।

उहाँलाई आयोगले साढे ५ लाख जरिवाना गरेपछि आक्रोशित बन्नुभएको हो । आयोगले चुनावी खर्च विवरण नबुझाएको भनेर साढे ५ लाख जरिवानाको निर्णय गरेको थियो ।

मंगलबार सामाजिक सञ्जालमार्फत उहाँले आफ्नो चुनावी खर्च २ लाख पनि नभएको तर दुई दिन ढिला हुँदा जरिवाना चाहिँ किन साढे ५ लाख भन्दै कटाक्ष गर्नुभयो । उहाँले भन्नुभएको छ, ‘दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो ।

मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै ।’
आयोगले उपमहानगरपालिकातर्फ मेयर र उपमेयर पदका २ सय १८ जनालाई जनही साढे ५ लाख रुपैयाँ जरिवाना सुनाएको छ ।

जरिवाना बाध्यकारी रहेको र नबुझाए पद समेत जानसक्ने कानूनी व्यवस्था रहेकोप्रति निर्वाचन आयोगले सचेत गराएको छ । आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साह र उपमेयर सुनिता डंगोललाईपनि कारबाही गरेको छ ।

सम्बन्धित खबरहरु