
काठमाडौं । नेपालका विभिन्न स्थानमा डेङ्गीको प्रकोप फैलिएको छ। अहिले काठमाडौं उपत्यकासहित अधिकांश जिल्लामा डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
डेङ्गी लागेका बिरामीलाई कामज्वरो आउने, आँखा दुख्ने, शरीर गल्ने र पखाला लाग्ने लक्षण देखिएका छन्। यो रोग नेपालमा पहिलोपटक वि.सं. २०६१ मा चितवनमा देखा परेको सरकारी अभिलेख छ।
यो वर्ष १६,५८७ लाई डेङ्गी भइसकेको र २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ। एक पटक डेङ्गी लागेको व्यक्तिलाई अर्को पटक लाग्छ कि लाग्दैन र लाग्यो भने के हुन्छ ?

एक पटक डेङ्गी लागिसकेको व्यक्तिलाई फेरी डेङ्गी लाग्छ । तर त्यही बर्ष भने लाग्दैन । किनभने उसँग त्यो बर्ष डेङ्गीविरुद्धको एण्टीबडी बनेको हुन्छ त्रिभुवन विश्वविद्यालयका असोसिएट प्रोफेसर एवं भाइरोलोजिस्ट रेश्मा तुलाधार बताउँनुहुन्छ ।
डेङ्गीका विभिन्न प्रजाति हुने भएकाले एउटा प्रजातिले टोकेको एण्टीबडी अर्कोमा काम नलाग्ने भएकाले लगत्तैपनि सर्ने उहाँको भनाई छ । उहाँले पहिलो पटक टोकेको लामखुट्टेविरुद्धको एण्टीबडीले यदि त्यही प्रजाति भए नियन्त्रण गर्छ तर अर्कोपट अर्को प्रजातिकोले टोकेमा शरीरमा भएको एण्टीबडीले दोस्रो प्रजातिको भाइरस शरीरमा छिर्न झनै सहयोग गर्ने भएकाले एण्टीबडी नैपनि घातक बन्न सक्ने बताउँनुहुन्छ ।
त्रिभुवन विश्वविद्यालयकै सह–प्राध्यापक फिजिसियन डा. निरज बम बारम्बार हुनसक्ने बताउँनुहुन्छ ।