काठमाडौं । कोही मानिस आफूलाई भन्दा दुखी गरिबको बढी चिन्ता गर्छन् । सेवा गर्नमा आफूलाई तल्लिन राख्छन् । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ घर भएका हेम थापा यस्तै व्यक्ति हुनुहुन्छ । उहाँ अमेरिकामा बसोबास गर्दै आउँनुभएको छ ।

उहाँ यतिबेला अठार बर्षपछी घर आउँनुभएको छ । उहाँको घरको आगमनमा गाउँले सबैमा हर्षका आँशु बगेका छन् ।

उहाँ एक समाजसेवी हुनुहुन्छ जसले बिदेशमै रहेर पनि नेपालमा रहेका धेरै दिनदुखिहरुको सहयोग पनि गर्दै आउनुभएको छ । उहाँ १८ बर्षपछि आफ्नी श्रीमतीसहित बुढी भएकी आमालाइ भेट्न नेपाल आउँनुभएको छ ।

धेरै भन्दा धेरै मनकारीहरु मध्यका एक हेम थापा हुनुहुन्छ । आफू भन्दा कमजोरहरुको मद्दत गर्न उहाँ कहिलै पछि हट्नुहुन्न । गाउँमा आउँदा उहाँलाई फूल माला र अबिर लगाएर भव्य स्वागत गरियो ।

मिडियाकर्मी किशोर श्रेष्ठले पनि उहाँलाई र उहाँकी श्रीमतीलाई भब्य स्वागत गर्नुभयो । हेम थापा घरका कान्छा छोरा हुनुहुन्छ । कान्छा छोरा बुहारी आउदा घरका अन्य परिवारजनमा पनि खुशीयाली छाएको छ । बुहारीलाई देख्दा आमाका आखाभरी आँश आए ।

बिश्वास नै थिएन कि यसरी परिवारसँग भेट हुनेछ । १८ बर्षपछि आफ्नाहरुसँग भेट हुँदा यत्तिको भावुक हुनु आश्चर्यजनक कुरो भने पक्कै हैन । बुढी भएकी सासुआमाका अगाडि थापाकी श्रीमती त रुन नै थाल्नुभयो ।

आमा अहिले माइलो छोरोसँग बस्दै आउनुभएको रहेछ । हेमका अनुसार उहाँले आमालाइ तेह्रथुममा नै छाडेर अमेरिका जानुभएको थियो । ४ बर्षअघि बुबाको निधन हुँदा समेत आउँन सक्नुभएन ।

बिदेशको ठाउँ, छोराछोरीको पढाइ, व्यपारले गर्दा आउन नपाएको उहाँले बताउनुभयो । उहाँ दद्ध पीडित भएको र कागजात बनाउन पनि समय लागेकाले नेपाल आउँन मुस्किल भएको थियो । उहाँदेखी आमालाइ नै भेट्न भनी आएको हेमले बताउँनुभयो ।

सम्बन्धित खबरहरु