काठमाडौं । भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । एम्स अस्पतालमा उनको निधन भएको हो ।

उनी लामो समयदेखि दिल्लीको एम्स अस्पतालमा भर्ना भएका थिए । हृदयघात भएपछि उनलाई त्यहाँ ल्याइएको थियो । उनको विगत ४२ दिनदेखि त्यहाँ उपचार भइरहेको थियो ।

एएनआईका अनुसार हास्यकलाकार श्रीवास्तवको ५८ वर्षको अल्पआयुको उमेरमा दिल्लीमा निधन भएको उनको परिवारले पुष्टि गरेको छ । उनलाई जिममा कसरत गर्ने क्रममा छातीमा दुखाइ भएको थियो । त्यसपछि ढलेका उनलाई अगस्ट १० मा दिल्लीको एम्समा भर्ना गरिएको थियो ।

https://twitter.com/ANI/status/1572452009852411906

यो युद्धको लागि उचित समय होइन : भारतीय प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्षेत्रीय शिखर सम्मेलनका क्रममा शुक्रबार ‘यो युद्धको लागि उचित समय नभएको’ बताउनुभएको छ ।

नयाँ दिल्ली र मस्कोबीच शीतयुद्धदेखि नै लामो समयदेखि सम्बन्ध रहँदै आएको छ र रूस भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता हो ।

तर फेब्रुअरीमा मस्कोको सेनाले युक्रेनमा आक्रमण गरेपछि पहिलो पटक आमनेसामने भएको भेटमा मोदीले पुटिनलाई भन्नुभयो, “महामहिम, मलाई थाहा छ आजको समय युद्धको लागि उपयुक्त समय होइन ।”

तेल र अन्य वस्तुहरूको मूल्य वृद्धिको कारण बनेको रूसी आक्रमणबारे रूसको विपक्षमा उभिन भारत चाहेको देखिएको छैन ।

उज्बेकिस्तानको समरकन्द शहरमा साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनका क्रममा भएको भेटमा उहाँले लोकतन्त्र, कूटनीति र संवादको महत्वमा जोड दिनुभएको थियो ।

उहाँहरुबीच शान्तिको मार्गमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएकोे मोदीले बताउनुभयो ।

युक्रेनमा रुसी सेनाले ठूलो युद्धभूमिको असफलताको सामना गरिरहेको बेला एससीओ शिखर सम्मेलन हुन लागेको छ र यसले पुटिनका लागि पश्चिमी प्रयासका बावजुद आफ्नो देश पूर्ण रूपमा एक्लो नभएको देखाउने अवसरको प्रतिनिधित्व गरेको छ ।

“मलाई युक्रेनको द्वन्द्वमा तपाईंको तपाईंको चिन्ता र स्थिति थाहा छ । यसलाई जतिसक्दो चाँडो अन्त्य गर्न हामी सक्दो प्रयास गर्नेछौं,” पुटिनले मोदीसँग भन्नुभयो ।

तर युक्रेनको नेतृत्वले वार्तालाई अस्वीकार गरेको र युद्धभूमिमा सैन्य माध्यमबाट आफ्नो लक्ष्य हासिल गर्न चाहेको पुटिनको दावी थियो ।

बिहीबार पुटिनले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई भेटेर आफ्नो प्रमुख सहयोगी बेइजिङलाई पनि द्वन्द्वबारे ‘चिन्ता’ रहेको स्वीकारर्नुभएको बताइएको छ ।

सम्बन्धित खबरहरु