साओपाउलो । ब्राजिलको दक्षिणपूर्वी राज्य साओपाउलोको इटापेसेरियाका दा सेरा शहरमा मालसामान निर्यात गर्ने व्यवसायीलाई कन्टेनर बेच्ने र भाडामा उपलब्ध गराउने कम्पनीको ‘कन्टेनर डिपो’ को एउटा भाग भत्कदा नौ जनाको मृत्यु भएको छ भने अनय २८ जना घाइते भएका छन् ।

दुर्घटनाका बेला करिब ६४ जना कर्मचारी कन्टेनरमा रहेका त्यहाँको वारुणयन्त्र विभागका प्रवक्ता लुसियाना सोरेसाले बताइन् । भग्नावशेषबाट घाइतेहरूको उद्धार गरिएको उनले बताइन् ।

यही असोज १६ गते हुने स्थानीय उपप्रमुखका दुई स्थानमा हुने निर्वाचनमा भोट माग्न उम्मेदवारद्वय एली सान्तोस र जोन्स डोनिटजले प्रचार अभियानका क्रममा डिपोका कर्मचारीसँग परामर्श गरेका थिए ।

डिपोमा जम्मा भएका कामदारले उनीहरूलाई बिदाइ गरिरहँदा ढलानको संरचनाको भाग भत्केर दुर्घटना भएको सरकारी अधिकारीहरूले बताएका छन् । (रासस/सिन्ह्वा)

चिनियाँ रक्षामन्त्री र पाकिस्तानी सेनाप्रमुखबीच भेटवार्ता
चीनका राज्य परिषद् सदस्य तथा तथा रक्षामन्त्री वेई फेङ्हेले सोमबार पाकिस्तानका सेनाप्रमुख कमर जावेद बाजवासँग भेटवार्ता गर्नुभएको छ ।

दुई देशका उच्च अधिकारीबीचको नियमित कार्यक्रमअन्तर्गत भेटवार्ता भएको बताइएको छ ।

भेटमा वेईले भन्नुभयो, “सदाबहार रणनीतिक सहयोगात्मक साझेदारको रूपमा, चीन र पाकिस्तान सधैं विश्वसनीय र सबैभन्दा भरपर्दो मित्र रहेको र यो सम्बन्धमा वैश्विक परिस्थिति जस्तोसुकै बनेपनि आगामी दिनमा पनि निरन्तरता रहीरहनेछ । दुवै पक्षले विभिन्न जोखिम र चुनौतीलाई संयुक्त रूपमा सम्बोधन गर्न आफ्नो क्षमता अभिवृद्धि गर्न जारी राख्नुपर्छ र दुवै देशको साझा हितको रक्षाका साथै यस क्षेत्रमा शान्ति र स्थिरताका लागि मिलेर काम गर्नुपर्छ ।”

उक्त अबसरमा बाजवाले पाकिस्तानको बाढी विपत्तिपछि चीनले गरेको सहयोगप्रति आभार प्रकट गर्नुहूँदै चीनलाई धन्यवाद दिनुभएको थियो ।

पाकिस्तानले एक चीन नीतिलाई दृढतापूर्वक पालना गर्ने बताउँदै उहाँले दुई सेनाले संयुक्त अभ्यास र प्रशिक्षणका साथै अन्य क्षेत्रमा सहयोगलाई अझ बढाउने उल्लेख गर्नुभयो ।

सम्बन्धित खबरहरु