काठमाडौं । हाम्रो समाज अझै कति अन्धविश्वासमा जाकिएको छ भन्ने यो एक घटनाले पुष्टि गरेको छ । अन्धविश्वासले एकै परिवारका ३ जना माथि धारिलो खुकुरी प्रहार भएको छ ।

परिवारका तीन जनाकै हत्या गरिएको छ । उदयपुर जिल्लाको बेलाका नगरपालिका वडा नं. ७ को गुवाटारमा घर भएका राजकुमारको परिवार माथि खुकुरी प्रहार भएको छ । राजकुमार बस्नेत सहित उनकी श्रीमती र १ छोराको हत्या गरिएको दुखद घटना बाहिर आएको छ ।

जेठ १७ गतेका दिन नर बहादुर बस्नेतले आफनै छिमेकी नातेदार पर्ने राजकुमार बस्नेतकी श्रीमती माथि बोक्सीको आरोप लागाउँछन् । यती मात्र होइन, नर बहादुरले राजकुमारकी श्रीमतीलाई सपनामा देखे पश्चात् मेरी श्रीमती बिरामी भइन भन्दै राजकुमारकी श्रीमती सरिता माथि हातपात गर्न थाल्छन् । उक्त घटनालाई गाउँका गन्यमान्य भेला भएर सामान्य तरिकाले मिलाएका छन् । त्यसपछि यी २ परिवारबीच बोलचाल बन्द हुन्छ ।

यति विवाद चलेको ठिक ३ महिना अर्थात भदौ १७ गते नरबहादुरले राजकुमारको सबै परिवार सखाप पार्ने उद्देश्यले ३७ वर्षीय श्रीमान राजकुमार, श्रीमती ३४ वर्षीय सरिता र १२ वर्षीय छोरा सुजन माथि धारीलो हतियार प्रयोग गर्छ । उनको प्रहरले सबैको हत्या हुन्छ ।

मृतक राजकुमारका परिवार खेतको काम गर्न गएको र काम सकाएर फर्केने क्रममा बिच बाटोमा एकाएक गरी हत्या गरेको खुलासा गरिएको छ । मृतकको परिवार ५ जनाको थियो । सो दिन मृतक राजकुमारका अन्य २ नाबालिका बच्चा स्कुल गएका कारण मृत्यु हुनबाट बाँच्न सफल भएका थिए ।
सो घटनामा मृतक राजकुमारको शव बाटोमा लडिरहेको हुन्छ भने मृतक आमा छोराको शव खोलाको बिच भागमा रहेको स्थानीय बताउँछन् ।

स्थानीय आफन्तका अनुसार घटना स्थलमा पुग्दा राजकुमारको थोरै मात्र ढुकढुकी चलिरहेको थियो । आमा छोराको शव १०० मिटर अगाडि खोलाको बिच भागमा ३ नै जनाको शव हेर्न नसकिने क्षतविक्षत रगताम्य अवस्थाका रहेको थियो । त्यसपछि प्रहरी प्रशासनलाई सम्पर्क गर्यौ छिमेकीहरु बताउँछन् ।

हत्यारा नरबहादुरले आफ्नै सौतेनी आमाकी छोरी उनकै बहिनीले खुकुरी समाएर आएको अवस्थामा बाटोमा भेटेकी थिइन् । बाटोमा अचानक भेट्दा नर बहादुरले त यताबाट नजाँ, खोलामा मैंले मान्छे काटेको छु, भनी सके पश्चात उनले गाउँमा गएर भन्दा गाउँका मानिस जम्मा भएका थिए । त्यसपछि गाउँलेले प्रहरी प्रशासन बोलाएको थियो । गाउँले र प्रहरी मिलेर शव उठाएको स्थानीय बृद्ध बताउँछन् ।

सम्बन्धित खबरहरु