काठमाडौं । बलिउड अभिनेता कार्तिक आर्यन अभिनय बाहेक आफ्नो व्यवहारका कारण सधै चर्चामा रहने गर्छन् ।

हालै कार्तिकलाई भारत, जोधपुरबाट मुम्बईको फ्लाइटमा बिजनेश क्लासमा यात्रा गरिरहेको देखियो । कार्तिकको भिडियो सामाजिक सञ्जालमा आएदेखि नै भाइरल भएको छ ।

भिडियोमा कार्तिक फ्लाइटमा बसिरहेका छन् । उनलाई स्वागत गर्न मानिसहरुले ताली बजाइरहेका छन् । जवाफमा कार्तिकले पनि आफ्ना फ्यानलाई शुभकामना दिइरहेका छन् । भिडियोको एक अंशमा, कार्तिक आफ्नो सिटबाट उभिएर प्रशंसकहरूलाई धन्यवाद दिइरहेको पनि देख्न सकिन्छ ।

आज सानो सफलतापछि नै मान्छेहरुमा अहंकार भरिएको हुन्छ । यसबीच कार्तिकको यो व्यवहारलाई मानिसहरुले निकै मन पराइरहेका छन् । मानिसहरु उनको तारिफ गर्दा थाकेका छैनन् ।

सम्बन्धित खबरहरु