काठमाडौं । भनिन्छ दुई जोईको पोई कुना बसी रोई । नेपालको कानूनले समेत बहुविवाह गर्न बन्देज लगाएको छ । हाम्रो समाजमा एक पटक विवाह बन्धनमा बाधिँइसके पछि अर्को विवाह गर्न दिइन्न ।

विहे गरिहालेपनि जेठी श्रीमतीको बिचल्ली हुने देखिन्छ । एकसाथ बसेको देखिएपनि श्रीमानले श्रीमतीबिच छुट्टा छुट्टै व्यवहार गर्ने यस्ता अनेक घटनाहरु देखिने गर्दछन् । तर चितवनमा यस्ता श्रीमान भेटिएका छन ।

जसले ४ जना श्रीमतीलाई कुनै पनि भेदभाव नगरी एउटै घरमा राखेका छन् । उनी ४ श्रीमतीको आफू राजा भएर बसेको शानका साथ भन्छन् ।

जहाँ सिखानी जेठी, फुलमती माईली, शिवरात्री साईली र पार्वती कान्छि गरि चार जना श्रीमती भएका झगरु महतो ४ श्रीमतीका एक राजा बनेर बसेका छन् । तर यी चार श्रीमती मिलेर बसेको देख्दा हेर्ने मानिसलाई पनि लोभ लाग्ने स्थानीय बताउँछन् ।

श्रीमान झगरुका अनुसार घरको काम गर्दा कुनै भाग बन्डा गर्नु नपर्ने र बजारमा आफै गएर सबैलाई चाहिएको समान ल्याइदिने गरेका छन् ।

साईली शिवरात्रीका अनुसार घरको काम जेठी दिदिले यसरी गर भनेर सिकाउँनु हुन्छ अनी हामी त्यो काम गर्छौ तर काम सकेनौ भने पनि मिनेर गर्ने गरेको बताउँछिन् । उनका अनुसार खेतमा काम आफू खासै नगर्ने तर घरको काम आफै गर्ने हुनाले खेतमा दिदिहरु जाने बताछिन् ।

यी चार श्रीमतीहरुका अनुसार चार्डपर्व आउँदा सबै जना गीत गाएर आफै नाच्ने गछौ जसले गर्दा घरमा निकै रमालो हुन्छ । हामी धेरै खुशी छौ उनीहरुको बताउँछन् ।

एउटा छुट्टै प्रसंगमा साईली भन्छिनः घरको न्याप्टी बाहिरको चाँही सेक्सी देखिन्छ । घरको खासै मिठो नभएर होला कहिले काही हामीलाई समेत छोडेर श्रीमान बाहिर जानु हुन्छ । श्रीमान झगरुलाई उनीहरु धेरै माया गर्छन् । यसको जवाफ दिदै श्रीमान झगरु भन्छन् पहिले घुमने गरेको थिए, केटाहरुसँग जाने रमाइलो गर्ने गरेको तर अहिले बुढो भए, अहिले म सक्दैन ।

सम्बन्धित खबरहरु