काठमाडौं । साताको चौथो दिन आज बुधबार सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ३ सय रुपैयाँ, तेजावी सुनको ९० हजार ८ सय र चाँदीको मूल्य ११ सय ७० रुपैयाँ प्रतितोला तोकिएको छ ।

मंगलबार तोलामा ४ सय रुपैयाँले बढेर सुनको मूल्य छापावाल प्रतितोला ९१ हजार ८ सय, तेजावी ९१ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै मंगलबार तोलामा ५ रुपैयाँले बढेर ११ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पनि बुधबार घटेको छ ।

रुपन्देहीमा अटिजम विशेष विद्यालय सञ्चालनको तयारी
रुपन्देहीको तिलोत्तमामा अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय सञ्चालनको तयारी थालिएको छ । सिकलसेल र अटिजमविरुद्ध अभियान सञ्चालन गरेको रोटरी क्लब अफ तिलोत्तमा अटिजम विशेष विद्यालय सञ्चालनका लागि आवश्यक अध्ययन गरिरहेको क्लबका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

अटिजम बालबालिकामा देखिने एक प्रकारको मानसिक जस्तै समस्या हो । अटिजम भएका बालकालिकामा उनीहरुले गर्ने संवाद, क्रियाकलाप अस्वभाविक व्यवहार देखापर्ने अटिजम केयर सोसाइटी लुम्बिनीका अध्यक्ष डा सतिस रुपाखेती बताउनुहुन्छ । “यो जन्मजात समस्या हो, तर के कारणले हुन्छ ? यस विषयमा अहिलेसम्म केही पत्ता लागेको छैन”, उहाँले भन्नुभयो, “यद्यपि वैज्ञानिकले वंशाणुगत समस्या भएको अनुमान गरेका छन् ।”

डा रुपाखेतीका अनुसार नेपालमा कूल जनसङ्ख्याको १ प्रतिशतमा यो समस्या रहेको अनुमान गरिएको छ । जसअनुसार नेपालमा तीन लाखमा र लुम्बिनी प्रदेशमा आठदेखि १० हजारमा यो समस्या रहेको अनुमान गर्न सकिन्छ । रुपन्देही जिल्लामा करिब दुई सय ५० जना अटिजम केयर सोसाइटीको सम्पर्कमा आएका छन् ।

रुपन्देही जिल्लामा अटिजम विद्यालय सञ्चालनका लागि रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले एक चरणमा तिलोत्तमाको शान्ति नमूना माध्यमिक विद्यालय र अटिजम केयर सोसाइटी लुम्बिनीसँग छलफल गरेको छ । लुम्बिनी प्रदेश सरकार, तिलोत्तमा नगरपालिका, शान्ति नमूना माध्यमिक विद्यालय र अटिजम केयर सोसाइटीबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

त्यस्तैगरी अटिजम र सिकलसेस एनिमिया दुई वटा परियोजनामा सहयोग गर्नका लागि क्लबले जापानको ‘रोटरी सेटेलाइट क्लब अफ बाको २१ साकितामा’ लाई प्रस्ताव गरेको छ ।

सम्बन्धित खबरहरु