काठमाडौं । अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले चलाएको डोजरको खुबै चर्चा छ ।

गलत गर्नेहरुको पर्खाल नढालेसम्म सही गर्नेहरुको स्वाभिमान उठ्दैन भन्दै बालेनले सही गरेको तर्क धेरैको छ । केही जो स्वयं पीडित छन् उनीहरुले भने बालेनको विरोध गरिरहेका छन् ।

अवैध संरचना हटाउँन, राज्यका निकायले दिएको अनुमती भन्दा भिन्न तरिकाले प्रयोग गरिरहेका संरचनालाई तोकिए अनुसार नै प्रयोगमा ल्याउँन महानगरका डोजर दैनिक रुपमा सहरमा पसिरहेको छ ।

यही बेला स्वागत गर्ने रोचक तरिका देखिएको छ । सिन्धुली स्थित राजमार्गमा डोजरको स्वागतद्वार बनाइएको छ । स्वागतद्धारमा डोजरको प्रयोग निक्कै चर्चामा आएको छ ।

सम्बन्धित खबरहरु