काठमाडौं । ललितपुर महानगरपालिकाले पनि नक्सा विपरीतका संरचना हटाउन ३५ दिनको हदम्यादसहितको सूचना जारी गरेको छ ।

केही समय अघि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरमा भत्काउँनुपर्ने संरचना नरहेको अभिव्यक्ति दिनुभएको थियो ।

तर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नक्सा स्वीकृत नगरी मापदण्ड विपरीत संरचनाहरु बनाइएको, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरेर निर्माण गरिएका स्लोप, टप, र्‍याम्प, सिँढी लगायतका संरचना ३५ दिनभित्र हटाइसक्ने निर्देशन दिएको छ ।

सूचनाअनुसार नक्सा स्वीकृत गर्दा पार्किङ प्रयोजनमा स्वीकृति लिएर अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु पनि खाली गरेर तोकिएको प्रयोजनामा लगाउन भनिएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना सुधार्न वा हटाउन ३५ दिनको समय दिइएको छ ।

सम्बन्धिकत घरधनीले नहटाएमा महानगर आफैंले कानून अनुसार संरचना हटाउने महानगरपालिकाले जनाएको छ ।

‘उल्लेखित म्यादभित्र सूचना बमोजिमको कार्य नगरे–नगराएमा महानगरपालिका कार्यालयले त्यस किसिमका सरंचना हटाउने व्यहोरा जानकारीका लागि सूचित गरिएको छ,’ सूचनामा भनिएको छ ।

सम्बन्धित खबरहरु