काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्व मन्त्री वर्षमान पुन अनन्तले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग रहेको आरोप लगाउनुभएको छ ।

नागरिकता विधेयक राष्ट्रपतिले दोस्रो पटक पनि प्रमाणीकरण नगरेपछि बुधबार बिहान फेसबुकमार्फत प्रतिक्रिया दिँदै उपमहासचिव पुनले सचेत रहौं र संयमित बनौं, निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो यो घटनाक्रम भन्नुभयो ।’

राष्ट्रपतिको कदमलाई उहाँले आफ्ना नागरिकलाई राज्यविहीन बनाउने अमानवीय कार्यको रूपमा टिप्पणी गर्नुभयो । ‘सार्वभौम जनताको प्रतिनिधि संस्था संघीय संसदले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता विधेयक प्रमाणित नगर्नु एकातिर संविधानको घोर उल्लङ्घन हो भने अर्कोतिर आफ्ना नागरिकलाई राज्यविहीन बनाउने आमनवीय कार्य हो ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटकपनि दुबै सदनबाट पारित भएर आएको नागरिकता विधेयक प्रमाणिकरण गर्नुभएन । उहाँले लालमोहोर नलगाएपछि उक्त विधेयक स्वतः निश्कृय भएको छ । अब सरकारले अध्यादेश ल्याउँने तयारी गरिरहेको छ ।

सम्बन्धित खबरहरु