काठमाडौं । दक्षिण भारतकी अभिनेत्री सामन्था रुथ प्रभु पछिल्लो दुई महिनादेखि सामाजिक सञ्जालमा निकै कम सक्रिय छिन् । बीचमा जति पोष्ट आउँछन्, उनको टोलीले गरिरहेको छ ।

यी पोष्टहरू ब्रान्डहरूबाट पनि आएका छन् । जानकारी अनुसार सामन्थाले आफ्नो निजी जीवन र सम्बन्धविच्छेदको बारेमा केही नराम्रो पढ्न नचाहेका कारण सामाजिक सञ्जालबाट टाढा छिन् ।

तर, यसमा अर्को नयाँ अपडेट आएको छ । पछिल्लो जानकारी अनुसार सामन्था केही रोगसँग लड्दैछिन् । सामन्था उपचारका लागि विदेश जानेछन्, उनले आफ्नो फिल्मको सुटिङ पनि स्थगित गरेको बताइन्छ ।

सामन्था रुथ प्रभु केही समयअघि करण जोहरको च्याट शो ‘कफी विथ करण’ मा अक्षय कुमारसँग देखिएकी थिइन् । त्यस क्रममा सामन्थाले नागा चैतन्यसँगको सम्बन्धविच्छेदको बारेमा पनि खुलेर कुरा गरेकी थिइन् ।

यससँगै उनले ‘ओ अन्तावा’ आइटम गीत किन गरिन् र यसबाट कति लोकप्रियता पाइन् भन्नेबारे पनि खुलेर कुरा गरिन् । शोमा देखा परेदेखि नै सामन्था सामाजिक सञ्जाल डिटक्समा छिन् । उनले ट्विटर र इन्स्टाग्राम दुवैसँग दूरी कायम गरेका छिन् ।

पछिल्लो रिपोर्टमा सामन्थालाई एक रोग लागेको छ, उपचारका लागि उनी भारत भन्दा बाहिर जाने बताइएको छ । अभिनेत्री सामन्थालाई छाला सम्बन्धी समस्या भएको छ । सामन्था अमेरिका गएर उपचार गराउने छिन् । यद्यपी उनले भने यसबारे कुनै पुष्टि गरेकी छैनन् ।

बिमारी भएका कारण सामन्थाले फिल्म ‘खुशी’ को सुटिङ पनि स्थगित गरेकी छिन् । यद्यपी सामन्था उपचारपछि भारत कहिले फर्कने भन्ने पनि अझै खुलेको छैन ।

कामको कुरा गर्ने हो भने, उनी विग्नेश शिवनको फिल्म ‘कथुवाकुला रेन्दु काध’मा पछिल्लो पटक देखिएकी थिइन् ।अभिनेत्रीको फिल्म ‘हरि’ र हरीशको ‘यशोदा’ रिलिज हुने तयारीमा छन् । पौराणिक फिल्म शकुन्तलम पनि निर्माणको क्रममा रहेको छ ।

शकुन्तलमलाई बीचमै छाडेर उनी आफ्नो रोगको उपचारका लागि अमेरिका जाने भएकी हुन् । यसबाहेक उनी विजय देवरकोंडासँग फिल्म ‘खुशी’ मा देखिनेछिन् । सामन्था हलिउड फिल्म अरेन्जमेन्ट अफ लभमा पनि देखिने भएकी छिन् ।

सम्बन्धित खबरहरु