काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस घन्टाघरमा प्रदर्शन गरेको हो । संसदले दोश्रो पटक हुबहु पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी १५ दिन बिताएपछि उहाँले संविधानको उल्लंघन गरेको भन्दै सत्तारुढ दल पक्षबाट भने आलोचना भइरहेको छ । तर जनस्तरबाट भने राष्ट्रपतिको प्रसंशा भइरहेको छ ।

एमाले निकट अनेरास्ववियुलेपनि राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेकोमा समर्थन गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनपछि अनेरास्वियुले नागरिकता विधेयक जलाएको छ ।

विधेयकमा वैवाहिक अंगिकृत नागरिकताको विधेयकले राष्ट्रियतामा नै गम्भीर असर पर्ने भन्दै सत्तारुढ दलहरुको आलोचना भइरहेको छ । भारतीय प्रभुलाई खुशी बनाउँन सत्तारुढ दलहरुले वैवाहिक अंगिकृत नागरिकतामा कुनै समय सीमा नराखेको आरोप छ ।

संसदको समितिले वैवाहिक अंगिकृत नागरिकता पाउँनका लागि निश्चित समय कुर्नुपर्ने प्रावधान ल्याएको थियो । तर सरकारले उक्त प्रावधान हटाएर अर्को विधेयक संसदमा ल्यायो ।

सोही विधेयक सत्तारुढ दलहरुले पारित गरेका कारण राष्ट्रपतिले आपत्ति जनाउँनुभयो । र सुझावसहित उत्पती भएको सदनमा नै फर्काउँनुभयो । तर दलहरुले हुबहु फेरी पारित गरेर प्रमाणिकरणका लागि सदनबाट पारित गरेर पठाए । राष्ट्रपतिले फेरी अस्वीकार गरिदिनुभयो ।

 

सम्बन्धित खबरहरु