काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकार गरेपछि राष्ट्रियताको जीत भएको भन्दै युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा प्रदर्शन गरेको छ ।

उसले खुशीयाली र्याली नै निकालेको छ । नयाँ बानेश्वरमा मनाइएको खुशीयाली र्यालीमा नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर साहसिक काम गरेको बताउनुभयो ।

नागरिकता विधेयक रोकेर राष्ट्रपतिले नागरिकताको खुकुलो प्रावधानलाई अस्वीकार गरेकोमा युवासंघले स्वागत गर्दै जुलुस निकालेको हो ।

सम्बन्धित खबरहरु