काठमाडौं । संसदले पारित गरेको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरेकोमा अखिल क्रान्तिकारीले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । माओवादी निकट क्रान्तिकारले उक्त कदमलाई गैरसंवैधानिक भनेको छ ।

उनीहरुले काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रपतिको पुतला पनि जलाएका छन् ।

विधेयक प्रमाणीकरण नगरेकोमा खुसी व्यक्त गर्दै एमाले भातृ संगठनले राष्ट्रपतिको तस्वीर छातीमा टाँसेर खुसीयाली मनाइरहँदा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू भने राष्ट्रपतिको पुतला जलाउँदै सडकमा नस्किएको हो ।

एमालेको अर्को भातृ संगठन युवा संघ नेपाललेसमेत राष्ट्रियताको जीत भएको दिन भन्दै राष्ट्रपतिको सम्मान र्याली निकालेको थियो ।

आजै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपतिले देशको रक्षा गरेको भन्दै सम्मान र खुशीयाली र्याली निकालेको थियो । दलीय संगठनहरुबीच यो प्रकरणले आमुन्नेसामुन्ने हुने अवस्था सृजना गरेको छ ।

सम्बन्धित खबरहरु