
काठमाडौं । ललितपुरको धोविघाटमा भीषण आगलागी भएको छ । त्यहाँ रहेको कवाडी गोदाममा आगलागी हुँदा घाइते भएका ३ जनालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।
आगलागीमा परेर चितवनका ३० वर्षिय गणेश गुरूङ तथा भारतीय नागरिकहरु ६४ वर्षका नारायण पोदार र ४० वर्षिय रामआशिष साह घाइते हुनुभएको छ । उहाँहरुको अवस्था गम्भीर रहेको छ । अनुहारसमेत जलेका पोदारको अवस्था निक्कै गम्भिर रहेको छ ।
आगलागीमा जलेका उहाँहरुलाई तत्कालै उद्धार गरेर स्टार अस्पताल सानेपामा लगिएको र त्यहाँ प्राथमिक उपचारपछि कीर्तिपुर पठाइएको ललितपुर प्रहरीले जनाएको छ ।