काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध प्रधानमन्त्री शेरबहाखुर देउवा एक्शनमा उत्रिने देखिएको छ । उहाँले कानूनविद्‌हरुसँग परामर्श थाल्नुभएको छ ।

अब के गर्ने भन्ने रणनीति बनाउँन उहाँ बिहानैदेखि परामर्शमा रहेको स्रोतले पुष्टि गरेको छ । यसअघि उहाँले सत्तारुढ दलहरुसँग छलफल गर्नुभएको थियो । सत्तारुढ दलहरुले राष्ट्रपतिको कदम गम्भीर संवैधानिक उलंघन र संसदको अपमान भएको ठहर गरेका थिए । त्यसपछि प्रधानमन्त्री एक्शनमा उत्रिनुभएको छ ।

त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे ३ बजेदेखि नै कानूनविद्हरूसँग छलफल भइरहेको छ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार छलफल चलिनै रहेको छ । राष्ट्रपतिलाई महाअभियोग लगाउँनेसम्मको तयारीका बारेमा छलफल चलेको स्रोतको दावी छ ।

उहाँका अनुसार १५–२० जना कानूनविद्हरुसँग प्रधानमन्त्री देउवाले छलफल गरी सुझाव लिइरहनुभएको छ ।

यसअघि सत्तारुढ गठबन्धनमा रहेका चार राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरिसकेको छ ।

 

सम्बन्धित खबरहरु