काठमाडौं । एक व्यक्ति प्रेमिकासँग रंगेहात फेला परेका छन् । भारत, उत्तर प्रदेश, आगराको एक होटलमा सोमबार राति श्रीमान्–श्रीमती र ‘महिला’ बीच भीषण झगडा भएको हो ।

होटेलमा रंगेहात श्रीमतीले प्रेमिकासँग श्रीमानलाई फेला पारेपछि तनाव सिर्जना भएको थियो । त्यसपछि श्रीमतीले पहिला श्रीमानलाई चप्पलले कुटपिट गरिन् । त्यसपछि प्रेमिकालाई पनि कुटपिट गरियो । महिलाले कपाल समातेर तानेको बताइएको छ ।

घटनाबारे जानकारी पाएपछि प्रहरी पुगेको थियो । तर, प्रहरीमा कसैले उजुरी गरेका छैनन् । ती महिलाको विवाह भएको धेरै वर्ष भइसकेको छ । उनीहरुबाट एक १६ वर्षकी छोरी पनि छिन् । श्रीमान् दिल्ली गेटस्थित नर्सिंङ्ग होमको आईसीयूमा काम गर्छन् ।

श्रीमान बाहिर अर्कै महिलासँग लागेको कुराले श्रीमतीलाई रिस उठ्यो । उनी घरमै बस्थिन् । केही दिनदेखि ती महिलाले आफ्नो श्रीमानलाई नियाली रहेकी थिइन् । उनलाई आफन्तले पनि साथ दिए ।

सोमबार राति १०ः३० बजे श्रीमानले प्रेमिकालाई राजमण्डी रेलवे स्टेशन रोडमा रहेको होटलमा बोलाएको कुरा श्रीमतीलाई थाहा भयो । महिला आफ्ना बच्चा र भाइसँगै होटल पुगेकी थिइन् । उनले श्रीमानलाई प्रेमिकासहित रंगेहात समातिन् ।

त्यसपछि दुवैलाई कुटपिट गरियो । यसको भिडियो पनि भाइरल भइरहेको छ । भिडियोमा श्रीमतीले श्रीमानलाई ओछ्यानमा चप्पलले कुटिरहेको देख्न सकिन्छ । उनले प्रेमिकालाई पनि चप्पलले पिटेकी छिन् ।

सबै कुरा खुलेपछि श्रीमानले माफी मागेका छन् । भीडमा एक युवकले श्रीमतीको खुट्टा छोएर भनिरहेका छन् । तिमी मेरो बुबा बराबर छौ भनिरहेका छन् । जवाफमा श्रीमती म मर्छु भन्छिन् । उनले प्रेमिकाको कपाल समातेर तान्छिन् । श्रीमानले धेरै पटक माफी मागेका छन् ।

२ः५० मिनेटको भिडियोमा उनले प्रहरीलाई फोन गर्न पनि भनिरहेकी छिन् । छोरी पनि बुबामाथि खनिइन् । लामो समयसम्म होटलमा नाटक चल्छ ।

झडपको क्रममा मानिसहरुको भीड जम्मा भएको थियो । प्रहरी चौकी हरिपर्वतका प्रमुख अरविन्द कुमारका अनुसार श्रीमान्–श्रीमतीबीच झगडा भएको जानकारी युपी ११२ मा दिइएको थियो । तर प्रहरी चौकीमा उजुरी गर्न कोही आएनन् ।

 

सम्बन्धित खबरहरु