काठमाडौं । घरको आर्थिक चाप थामिनसक्नु भएपछि विदेशिनु नेपालीको बाध्यता हो । त्यही बाध्यताभित्रपनि कति आमा बाबुले बुढेशकालमा आफ्ना सन्तान गुमाउनु परेको पीडा थपिन्छ ।

बुढेशकालमा छोरा छोरीले धन कमाएर सुखसँग पाल्छन् भन्ने सोचिरहेका बेला मृत्युको खबर आउँछ । यसले सहनै नसक्ने छटपटी हुन्छ । यो हाम्रो समाजमा देखिदै आएको विकराल अवस्था हो ।

त्यस्ता घटनाहरु मध्ये एक घटना झापाको काँकडभिट्टाकी ६८ वर्षीय बृद्धाले खेप्नु परेको छ । भारतको जम्बु कस्मीरमा भारतीय सेनाको खानेकुरा बोक्दै हिड्ने जेठा छोरा बेपता भए पश्चात आमा रुदै मिडियामा आएकी छिन् ।

केही समय देखि भारतीय सेनाको खाना बोक्दै आएका दुर्गा खनाल बेपता भए पश्चात उनकी आमा छाँयादेवी खनालको परिवारमा निकै दुःख परेको छ ।

पाँच वर्ष आउँदैन भन्दै रुदै कस्मीर हिडेका छोरा दुर्गा अहिले २१ वर्ष हुँदा पनि कुनै खबर नपाएको उनकी आमा छाँयादेवी बताउँछिन् ।

कमाउँछु भनी जम्बु कस्मीर हिडेका दुर्गाकी श्रीमती यतीबेला कुबेतामा रहेकी छिन् । दुर्गासँगै गएका कोही साथि फर्किएर आए तर उनी आएनन् । आमाका अनुसार ज्योतिषले छोराको मृत्यु भएको छैन अर्कै श्रीमतीसँगै छ, भन्दा विश्वास नलागेको उनी बताउँछिन् । २१ वर्षसम्म पनि छोरा घर फर्कीएर नआउँदा आमा छाँयादेवीले छोरा खोजिदिन र छोरालाई घर फर्केर आउँन अपिल गरेकी छन् ।

सम्बन्धित खबरहरु