काठमाडौं । धनकुटा, महालक्ष्मी नगरपालिका-५ स्थित सडकमा प्र।३-०२-०१२ प ८१२२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-४ बस्ने २१ वर्षीय दिल्लिराम खातीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापा, शिवसताक्षी नगरपालिका-१० सैनिक चोकस्थित सडकमा बा.१४ च ९१०८ नम्बरको कार आफै अनियन्त्रित भई सडक छेउको रूखमा ठोक्किएर मंगलबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा कार चालक सप्तरी लेगडा बस्ने ४४ वर्षीय बलराम यादव र कारमा सवार सुनसरी ईटहरी उपमहानगरपालिका-१० बस्ने ३० वर्षीया गिता चौधरी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सुनसरी, ईटहरी उपमहानगरपालिका-९ फुलबारी टोलस्थित सडकमा प्रदेश नम्बर १-०२-००३ ह ३०४१ नम्बरको सिटी सफारीको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-५ बस्ने ८२ वर्षीय उमाकान्त भण्डारीको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तु, शिवराज नगरपालिका-७ जवाभरीस्थित सडकमा लु.४१ प ९३२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने महम्मद मुस्तखाको १६ वर्षीया छोरी अमरुन निसाको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको शिवराज अस्पताल बहादुरगंज हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

कास्की, पोखरा महानगरपालिका-२५ हेम्जा हनुमान टोलस्थित सडकमा ग.२२ प ५३७० नम्बरको स्कुटर आफै अनियन्त्रित भई डिभाईडरमा ठोक्किएर मंगलबार बेलुकी दुर्घटना हुँदा स्कुटर चालक तनहुँ ब्यास नगरपालिका-१ बस्ने ५० वर्षीय बल बहादुर राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनास्थलमा उद्धार कार्य गर्नुको साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु