काठमाडौं । मोरङमा भाई बनाएर घरमा ल्याउँदै अनैतिक सम्बन्ध बनाउँने गरेको खुलासा भएको छ । मोरङको उर्लाबारीमा योगेन्द्र तामाङकी श्रीमतीले भाई हो, भन्दै घरमा बोलाउँदै अनैतिक कामहरु गर्ने गरेको योगेन्द्रका छोराले खुलासा गरेका छन् ।

लामो समय देखि बैदेशिक रोजगारीको क्रममा दुबाईमा काम गर्दै आएका योगेन्द« घर नफर्किएसम्म सबै ठिक थियो । जब घर फर्किए केही समयको स्वदेश बसाइ पश्चात् उनी फेरी दुबाई पलाएन भए ।

उनी विदेश गएको केही समयमा नै उनकी श्रीमती अर्कैसँग फरार भए पश्चात दुबाई पुगेको ६ महिना न पुग्दै घर फर्किए । त्यसपछि श्रीमतीको खोजी गर्न थाले । श्रीमती खोज्दा निकै समस्या आइपरेको छ ।

श्रीमतीले धरै व्यक्तिसँग ऋण लिएर फरार भएको उनी बताउँछन् । उनका अनुसार गाउँको हल्ला र छोराका अनुसार रुद्र नाम भएको केटा घरमा आउँने हुँदा सो केटासँग नै गएको आशंका छ । छोरा मनिस तामाङका अनुसार घरमा रुद्र नाम गरेको केटा बेलुकी आइरहने गर्दथ्यो ।

म बिहान उठ्दा गइसकेको हुन्थ्यो । त्यो केटालाई मामा हो, तेरो भनेर मम्मीले चिनाउँने गर्नु हुन्थ्यो छोराले भने । एक दिन भरतपुर जाँन्छु भन्नु भयो, मैलेकोसँग जाँन लाग्नु भयो भन्दा मम्मीले मामासँग भनेर हिडेपछि अहिलेसम्म आउनु भएको छैन् उनले भने ।

श्रीमान योगेन्द्रका अनुसार धेरै ऋण लिएर फरार भएका कारण उनलाई ऋण दिने दाताहरुले टचर गरेको हुँदा कुनै प्रक्रिया बिना केका आधारमा ऋण दिएको आफूलाई कुनै जानकारी नभएको उनी बताउँछन् ।

सम्बन्धित खबरहरु