काठमाडौं । काठमाडौंको कपनमा हिजो राति भएको आगलागीमा कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) को कार्यालय परेको छ । हिमाल आरोहण गर्ने अक्सिजन सिलिन्डर धेरै रहेकाले उक्त सिलिन्डर पड्किएर ठूलो क्षति भयो ।

ट्रेकिङमा जाने तयारीमा रहेका तीन जना मृत फेला परे, अझै केही हराईरहेको बताइएको छ । ट्रेकिङमा जाने तयारी गर्न झोला मिलाइरहेकाहरु केही हराएका छन् एक जनाले बताए ।

उक्त घरमा निर्मल पुर्जा उर्फ निम्स दाइ ३६ वर्ष उमेरमा आठ हजार मिटर उचाइका १४ वटै हिमाल सबभन्दा छोटो अवधिमा चढेर विश्व कीर्तिमान बनाउने व्यक्तिको कार्यालय थियो ।

बुधबार बेलुकी पौने ७ बजे कपनको एक घरमा रहेको एलिट हिमालयन एड्भेन्चरको कार्यालयमा आगलागी भएको हो। यो कार्यालय हिमाल आरोही पुर्जा र उनका साझेदारहरूको हो।

यही टिमका सदस्य मिङ्मा डेभिड शेर्पाका अनुसार उनीहरूको कार्यालयमा ट्रेकिङ र हिमाल आरोहणका निम्ति राखिएका अक्सिजन सिलिन्डर पड्किँदा आगलागी भएको हो।

आगलागीमा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। मृतकमध्ये एक जना आफ्नै भाइ रहेको मिङ्माले जानकारी दिए। बाँकी उनका कार्यालयका कर्मचारी हुन्।

मृतक र घाइतेहरूलाई टिचिङ अस्पताल महाराजगन्ज लगिएको छ। घाइतेको संख्या यकिन भइसकेको छैन। आगलागी भने हाल पूर्ण नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबरहरु