काठमाडौं । छोरा जन्माउने बहानामा एक महिला बलात्कृत भएकी छिन् । ५५ वर्षीय तान्त्रिक गफ्फारले महिलालाई १० दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेका हुन् ।

उनले बलात्कारको कुरा कसैसँग गरे जादूटुना गर्दिने धम्की दिनहुँ दिने गरेका थिए । तान्त्रिकको बन्धनबाट मुक्त हुनेबित्तिकै ती महिलाले साहस देखाउँदै निवारी प्रहरी चौकीमा उनीविरुद्ध एफआइआर दर्ता गराइन् ।

प्रहरीले उनलाई बुधबार पक्राउ गरी अदालतमा पेस गरेको थियो । त्यहाँबाट उनलाई जेल पठाइयो । भारत, मेरठको परतापुर निवासी महिलाले एफआईआरमा आफ्नो विवाह भएको छ वर्ष पुगेको कुरा उल्लेख गरेकी छिन् । उनका श्रीमान काम गर्छन् ।

उनकी चार वर्षकी छोरी पनि छिन् । परिवारका सदस्यहरू दोस्रो सन्तान छोरा होस् भन्ने चाहान्छन् । केही दिनअघि तान्त्रिक गफ्फारका बारेमा उनकै चिनेजानेका व्यक्तिले जानकारी गराए ।

तान्त्रिकले छोरा दिने दाबी गरिएको थियो । ती चिनेजानेका मान्छेको कुरामा आएर सेप्टेम्बर ९ मा उनी श्रीमान्सँगै गफ्फरलाई भेट्न गइन् । उनले महिलालाई ताबीज (लकेट) दिएका थिए । झारफुकको मद्दतले महिलाको गरीबी हट्नुका साथै अर्को बच्चा छोरा जन्मिने दावा तान्त्रिकले गरेको खुलेको छ ।

तर महिलाले झारफुकको कामका लागि तान्त्रिकसँग बस्नुपर्ने सर्त राखियो । त्यसपछि श्रीमती छोडेर श्रीमान त्यहाँबाट गएका थिए । श्रीमानले छोड्नेबित्तिकै गफ्फारले आफूलाई बन्धक बनाएर दैनिक (दश दिन) सम्म बलात्कार गरेको महिलाले प्रहरीलाई जानकारी गराइन् ।

तान्त्रिकले महिलालाई यसबारे कसैलाई केही नभन्न धम्की दिन्थे । महिलाले यसबारे बाहिर कसैलाई पनि नभन्ने बताएपछि तान्त्रिकले महिलालाई छोडेका हुन् । तान्त्रिक गफ्फारलाई सोधपुछपछि कारागार पठाइएको एसपी ग्रामीण डा इराज राजाले जानकारी गराउनुभयो ।

छोरा जन्माइदिने ताबीज दिन्थे, आफैं पाँच छोरीका बाबु रहेको
प्रहरीसँगको सोधपुछमा तान्त्रिक गफ्फारले आफू आठौं कक्षा फेल भएको बताए । उनका छ सन्तान रहेका छन्, जसमा पाँच छोरी र एक छोरा रहेका छन् । उनकी श्रीमती अलग बस्छिन् । उनले तन्त्र–मन्त्रबाट बेरोजगारलाई रोजगारी दिने, सन्तान नभएका सन्तान दिने, छोरा पनि दिने दाबी गर्थे । उनीकहाँ छोराको लागि धेरै जोडीहरू आउने गर्थे ।

सुरुमा उनीहरुबाट रु दुई सयदेखि तीन सय भारु मात्र लिने गर्थे । बदलामा ताबीज दिन्थे । उनलाई कुनै तन्त्र थाहा छैन । छोरो भएपछि आफूकहाँ आउनु भन्दै महिलाहरूलाई सुनाउँथे । छोरो जन्माउने महिलालाई तन्त्र–मन्त्र नगरे बच्चा बाँच्दैन भनेर डर पनि देखाउने गरेका थिए ।

दम्पतिसँग तन्त्रमन्त्रको नाममा ठूलो रकम लिने गरेको पनि खुलेको छ । छोराका लागि महिलाले आफूले भनेजस्तै गर्ने गरेको र चुप लागेर बस्ने गरेको बयान उनले प्रहरी समक्ष दिएका छन् । उनको धम्कीबाट नडराएर प्रहरीमा उजुरी दिने यी नै पहिलो महिला हुन् ।

हरेक वर्ष ठेगाना परिवर्तन
प्रहरीका अनुसार एक वर्षअघि झब्बर गाउँमा गफ्फारको ठेगाना रहेको थियो । तर त्यस भन्दा पहिले उनको ठेगाना मुरादनगरमा थियो । वर्षैपिच्छे ठाउँ परिवर्तन गर्ने गरेको खुलेको छ । उनले चार वर्षअघि ज्याला मजदुरी छाडेर तन्त्रमन्त्र सुरु गरेका थिए । उनका आफ्नै छोराले मजदुरी गर्छन् । तर गरिब र मजदुरहरू गरिबी हटाउन उनीकहाँ आउने गर्थे ।

कोरोनाको समयमा उनीकहाँ आउनेको संख्या बढेको पनि खुलेको छ । डाक्टरले दिएको औषधी लिएर समेत धेरै मान्छेहरू आफूकहाँ आउने गरेको उनले प्रहरीलाई जानकारी गराए । झारफुकका लागि मात्र उनले सय रुपैयाँ लिन्थे । अन्धविश्वासका कारण मानिसहरूलाई औषधीले मात्रै झारफुक गर्दा काम सम्पन्न हुन्छ भन्ने लाग्थ्यो ।

सम्बन्धित खबरहरु