काठमाडौं । नेपाल प्रहरीका एकजना पूर्वमहानिरीक्षक (आइजीपी) ले नेकपा एमाले रोजेका छन् । पूर्वआइजीपी सर्वेन्द्र खनाल आज नेकपा एमालेमा प्रवेश गर्न लाग्नु भएको हो ।

जानकारी अनुसार उहाँलाई पूर्वप्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा स्वागत गर्नुहुनेछ । एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनालले एमाले प्रवेश गर्ने तयारी गर्नुभएको हो ।

खनालले ओलीलाई बुधबार मात्रै उहाँको निवास बालकोट पुगेर भेटघाट गर्नुभएको थियो । बारा, पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउने अध्यक्ष ओलीको तयारी रहेको बताइन्छ ।

ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी हुनुहुन्थ्यो । उहाँको नाम पूर्वमन्त्री एवं नेकपा एमालेका नेता महेश बस्नेतसँग जोडेर विवादमा तानिएको थियो । उहाँमाथि नेता बस्नेतासँग मिलेर सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लाग्ने गरेको छ ।

 

सम्बन्धित खबरहरु