काठमाडौं । ‘तिमी भ्याम्पिस देखिन्छौ यार’, ‘यार यो तिम्रो शरीर हैन ।’, ‘मलाई अलि सेक्सिस्ट चाहिएको छ’, ‘। आप ये लगा लो’ भन्दै ब्रेस्ट प्याड दिइयो, अभिनेत्री सन्ध्या मृदुलले सुरुवाती दिनमा आफ्नो शरीरको बारेमा सुन्नुपरेको केही कुरा यसरी खुलाइन् । रानी मुखर्जीसँग ब्रेस्ट प्याड लगाएर देखिएकी सन्ध्या मृदुलले बडी शेमिङको खुलासा गरेपछि बलिउडमा तरंग पैदा भएको छ ।

यस महिनाको सुरुमा, मृदुलले एक पोस्ट पनि लेखेकी थिइन् । जसमा एक फिल्म निर्माताले उनलाई फिल्मको लागि मूर्खतापूर्ण कार्यहरु गर्न भनेका थिए । उनले भनिन्, म तिम्रो लागि आफ्नो शरीर परिवर्तन नगर्ने भएँ। भोलि तिमी आएर नाक फेर भन्न सक्छौ, त्यो म गर्दिनँ।

मलाई कसैले आपके तो बुब्स ही नही है, माफ गर्नुहोस् सम्म भनेका थिए । मलाई एउटा फिल्मको लागि भनियो। उनले भनिन् हामी तिमीलाई माया गर्छौं तर तिम्रो क्यारेक्टरको लागि ठूला स्तन चाहन्छौं। उनले अगाडि आएर मलाई प्याड दिन भनें।

सन्ध्याले आफूलाई फिल्म पेज ३ (२००५) र रागिनी एमएमएस २ (२०१४) को लागि आफूले स्तनमा प्याड राखेको कुरापनि स्विकार गर्छिन्। यसबारे उनले चरित्रको माग रहेको बताइन् ।

उनले भनिन्, “मैले पृष्ठ ३ को लागि (स्तन) प्याड लगाएको थिएँ। केही दृश्यहरूका लागि मैले त्यो गरें। रागिनी एमएमएस जस्ता फिल्मका क्यारेक्टरहरूका लागिपनि मैले लगाए । रागिनी एमएमएसको लागि भने यो उपायले मलाई पूर्णतया अर्थपूर्ण बनायो उनले भनिन् ।

मृदुल आफ्नो करियरबाट आफू के चाहान्छु भन्ने कुराबाटपछि नहट्ने बताउँछिन् । मृदुल भन्छिन्, “मैले पैसाको लागि काम नगर्न सक्दो प्रयास गरेको छु। म धेरै कठिन आर्थिक अवस्थाहरूमा फसेको चरणहरू पार गरेको छु, तर म अझै पनि झुकेकी छैन ।

मृदुलले सन् २००७ पछि कामको प्रस्ताव नहुँदा आफूलाई आर्थिक समस्या आइपरेको स्वीकार गरिन् । उनले भनिन्, त्यो चरण साँच्चै कठिन थियो। मैले आफूलाई व्यावसायिक क्षेत्रमा पनि देखेको छैन र मैले चाहेजस्तो काम हुन सकेको छैन।

सन्ध्या मृदुलले भनेकी छिन्, ‘अहिलेका कलाकार बढी भाग्यमानी छन् । यो धेरै निराशाजनक र भ्रमित थियो। म आफूलाई त्यो नायिकाको ढाँचामा फिट गर्न सकिन । उद्योगद्वारा बनाईएको स्केल मेरा लागि फिट भएन ।

साथिया जस्ता सुपरहिट फिल्मको हिस्सा रहेकी सन्ध्याले यसअघि उक्त फिल्मको अफर अस्वीकार गरिसकेकी थिइन् । उनले भनिन्, ‘जब यश जीले साथियाको लागि सोधे, मैले अस्वीकार गरेको थिएँ । मैले गर्दिन भनेकी थिए ।

यशजीले भनेका थिए कि यो भूमिका तिमीले मात्रै निभाउँने छौ र राम्रो हुनेछौ । तर मैले उनलाई भने, म यो गर्न सक्दिन, म फिल्म गर्न चाहन्न। उनले भने, ‘मेरो लागि शाद अलीलाई भेटेर जाऊ । शाद अलीले मलाई फिल्मका लागि कन्भिन्स गरे । उनी राम्रा थिए । त्यसपछि मैले फिल्ममा अभिनय गरेँ, रमाईलो लाग्यो ।

सम्बन्धित खबरहरु