काठमाडौं । नेपाल प्रहरी, साइबर ब्यूरोले बच्चा चोरीका घटनालाई अफवाह भने पनि देशका केही जिल्लाहरूमा बच्चा चोरी गरेको आरोपमा भारतीय पक्राउ पर्न थालेका छन् ।

यसबीच चितवनमा बच्चा अपहरण गर्ने १ जना पक्राउ परेकी छिन् । यहीँ ४ गते दिउँसो १२ः३० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका–१७ गञ्जनगर स्थितमा बर्ष ४ को बालकलाई लैजान खोजेको आरोपमा महिलालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकी महिला भारत, रहसी गाउँ बस्ने ३८ वर्षीया अनिता पाल रहेकी छिन् । उनले ती बालकलाई ललाई फकाई भारत लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको छ ।

चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा दिन ४ म्याद लिई थप अनुसन्धान भईरहेको समेत प्रहरीले बुधबार जानकारी गराएको हो । दशैं नजिक आएको बेला अभिभावक छोराछोरी घरमा एक्लै छोडेर बाहिर जाने भएको हुँदा विशेष सतर्कता अपनाउन अनुरोध छ ।

यस्तो छ प्रहरीले दिएको जानकारी

अपहरण गर्ने १ जना पक्राउ
घटना बिवरण :
मिति २०७९/०६/०४ गतेदिउसो अं.१२:३० बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१७ गञ्जनगर स्थितमा बर्ष ४ को बालकलाई भारत देश रहसी गाउँ बस्ने अं.वर्ष ३८ की अनिता पालले ललाई फकाई लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिई सम्मानित चितवन जिल्ला अदालतबाट अपहरणतथा शरीर बन्धक सम्बन्धी कसूरमा दिन ४ म्याद लिई थप अनुसन्धान भईरहेको ।

सम्बन्धित खबरहरु