काठमाडौं । नेपालमा फिल्ममा देखिएका दृष्यभन्दा माथिल्लो हदका घटनाहरु हुन थालेका छन् । दाङको घोराही उप–महानगरपालिकामा युवती बजार जाँदा लभ परेर विवाह भएको जोडी मिडियामा आएको छ ।

भाइरल गुरुका उपनामले चिनिने नारायण खनाल वर्षा खनालका श्रीमान् हुन् । उनका श्रीमान गाडि चलाउने काम गर्छन् ।

टिकटकमा सन्देशमुलक भिडियो बनाउँदै आएका सुन्दर जोडि निकै मिलेर बसेका छौं भनी बताउँछन् । ति जोडीका बुबाआमाका अनुसार निकै रमाइलो गरी बसेका कारण केही दुःख जस्तो लाग्दैन भनी खुलस्त पार्दछन् ।

परिवारका सासु ससुरा सहित सबै परिवार मिलेर टिकटक बनाउँदा राम्रो र रमाइलो लाग्ने नारायण खनालका बुबाआमा बताउँछन् । यात्रुको रुपमा बजार जाँदा वर्षा नारायण कै गाडिमा चढ्ने गर्थिन् ।

जाँदा गाडि निकै प्याक हुने भएकाले पछि डिकीमा बस्दा निकै गाह्रो हुने गर्दथ्यो । जान्न गाह्रो हुन्छ भन्दापनि जबरजस्ती नारायणले राखिदिने गरेको बर्षा बताउँछिन् । सोही क्रममा डिकिमा बस्दा लुकिङ ग्लासमा नारायण देखिनु हुन्थ्यो म पनि सो ग्लासमा देख्दिन थिए । अनी मलाई हेरेर मुसुक हाँँस्नु हुन्थ्यो, यही क्रममा लभ परेको वर्षा खुलाउछिन् ।

जहिले बजार जाँदा भाडा नलिने नारायणलाई बर्षाले दाई भनेर बोलाउने गरेको नारायण बताउँछन् ।

एउटा छुट्टै प्रसंगमा विवाह हुनु भन्दा पहिले नारायणलाई वर्षाले तपाइको घरमा कसले खाना पकाउँनु हुन्छ ? भनेर सोधेकी थिइन् किनभने उनलाई ग्यासमा मात्र खाना बनाउन आउँथ्यो । उनका अनुसार उडाउने डाईभर पर्नु भएछ भन्ने गर्छिन् । गाडिमा चढेकै आधारमा डाइभरले सुन्दरी उडाए भनेर गाउँभरी हल्ला छ ।

 

सम्बन्धित खबरहरु