काठमाडौं । चलचित्र निर्माता करण जोहरको च्याट शो ‘कफी विथ करण ७’ सुरुदेखि नै चर्चामा रहेको छ । भारतीय फिल्म निर्माता गौरी खान १७ वर्षपछि बिहीबार शोमा आएकी थिइन् ।

इन्टेरियर डिजाइनर एवं अभिनेता शाहरुख खानकी पत्नी गौरी खान करण जोहरको च्याट शोको सातौं सिजनको १२ औं एपिसोडमा महिप कपूर र भावना पाण्डेसँग आएकी हुन् ।

शोमा उनले धेरै विषयमा कुरा गरेकी छिन् । उनको छोरा आर्यन खानको लागूऔषधको दुर्व्यशन प्रकरणबारे पनि कुरा गरेकी छिन् ।

गत वर्ष आर्यन खानलाई मुम्बईको क्रुज जहाजमा लागूऔषध सेवान गरेको आशंकामा मुम्बई प्रहरीले पक्राउ गरेको थियो । उनले केही हप्ता जेलमा बिताउनु परेको थियो । अन्ततः अदालतले उनीविरुद्ध प्रमाणको अभाव भएपछि जमानतमा रिहा गर्न आदेश दियो ।

अब करण जोहरले गौरी खानसँग छोरा आर्यन खानको गिरफ्तारीबारे कुरा गरेका छन् । करणले परिवारले त्यो समयमा कसरी यस प्रकरणको सामना गर्यो भन्ने बारे कुरा गरेका हुन् ।

करणले गौरीलाई भने, ‘यो तपाईको लागि व्यवसायीक रूपमा मात्र नभई व्यक्तिगत रूपमा पारिवारिक रूपमा कठिन समय थियो । तपाईं सबै यसबाट एक परिवारको रूपमा बलियो रूपमा उभिएको देखियो । मलाई थाहा छ यो सजिलो भएको छैन ।

म तिमीलाई आमाको रूपमा चिन्छु र हामी सबै एउटै परिवारका सदस्य हौं । तिम्रा सन्तानहरुको पनि म अभिभावक हुँ जस्तो लाग्छ । यो सजिलो थिएन तर गौरी, मैले तिमीलाई धेरै भन्दा बलियो देखेको छु । परिवारले यस्तो परिस्थितिबाट गुज्रिरहेको कठिन समयलाई सम्हाल्ने तरिकाबारे तिमी के भन्न चाहान्छ्यौँ ?’

यसको जवाफमा गौरी खानले भनिन्, ‘हो, परिवारका रूपमा हामीले यसबाट गुज्र्यौं । मलाई लाग्छ, आमाको रूपमा, अभिभावकको रूपमा, हामीले जे पनि भोगेका छौं, त्योभन्दा नराम्रो अरू केही हुन सक्दैन् ।

तर आज जहाँ हामी परिवारको रूपमा खडा छौं, म भन्न सक्छु कि हामी राम्रो ठाउँमा छौं, जहाँ हामी सबैको माया महसुस गर्छौं । हाम्रा सबै साथीहरू र हामीले नचिनेका धेरै मानिसहरूबाट सन्देशहरू र यति धेरै मायाको लागि म धेरै धन्य महसुस गर्छु । म भन्न चाहन्छु कि म त्यस समयमा हामीलाई समर्थन गर्ने सबै मानिसहरूप्रति आभारी छु ।’

 

सम्बन्धित खबरहरु