काठमाडौं । नेपाली समाज कहाँ छ ? दैनिक हुने घटनालाई नियाल्ने हो भने निक्कै निरासाजनक छ । रुपन्देही घर भएका मनोज कुमार बिककी श्रीमतीको चर्तिकला बाहिर आएपछि अहिले समाज नै चकित बनेको छ । उनी अहिले अर्कै केटासँग भारतमा फरार भएकी छिन् ।

एउटा सामान्य अटो चालक मनोजले धेरे दुःख गरेर श्रीमती सहित तीन जना बच्चालाई पालन पोषण गरिरहेका थिए । पछि अन्य केटासँग लसपस भएको पहिले नै थाहा पाएर मनोजले धेरै पटक सम्झाएका थिए ।

थेरै पटक सम्झाउँदापनि नमानेर साना–साना ३ जना बच्चाकी आमा भएकी ती मनोजकी श्रीमती पावर्ती बिक २०७८ साल चैत को २ गते थाँहै नदिइ घरबाट हिडेकी थिइन । त्यस पछि मनोजले धेरै कोशिस गरेर भारत पुगेको पत्ता लगाए । पत्ता लगाउँन साथ श्रीमतीबाट मनोजलाई म इन्डियामा काम गरेर बसिरहेको बताउँछिन् ।

तर उनी इन्डियामा अर्कै केटासँग बसेको भनेर त्यहाँको ठाउँको बारे सम्पूर्ण जानकारीसँगै फरार रहेको श्रीमतीको जानकारी पाएपछि मनोज इन्डिया जान बाध्य हुन्छन् ।

मनोजका अनुसार त्यहाँ नेपाली बसोबास थुप्रै भएका कारण मलाई धेरै सहयोग गर्नुभयो । सबै जना बसेर छलफल गर्दा मैले छोराछोरीसँग भिडियो कल गराइदिँदा उसको मन पग्लिएछ । त्यसपछि एक पटकलाई माफि दिने कुरा भएपछि मैले माफि दिएर घरमा ल्याएर आउन खोजे ।

तर त्यही बेला उसँग सहवास गरेको भिडियो मेरो फोनमा त्यो केटाले पठाइ दियो । तर पनि बच्चाहरुको भविष्यका लागि फर्काएर ल्याउन बाध्य भएको उनी बताउँछन् ।

घर फर्काएर ल्याइसकेपछि ती पावर्ती नाम गरेकी श्रीमती फेरी लुकिलुकी फोन गर्ने हुँदा एकदिन पावर्तीकै आफ्नै दाइले सम्झयाउँदा घर छोडेर हिडेकी छिन् । त्यसपछि अहिलेसम्म नआएको मनोज बताउँछन् । उनका अनुसार अहिले पनि त्यही सहवासको भिडियो पठाउँने केटासँगै इन्डियामै रहेको हुनाले अब उसलाई आफ्नो श्रीमती नबनाउने मनोजको दावी छ ।

सम्बन्धित खबरहरु