काठमाडौं । चुनावका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका उम्मेदवारहरुपनि नेकपा (एमाले) मा नै प्रवेश गर्न थालेका छन् । आज काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

बिहीबार एमाले कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले पूर्व प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालसँगै मियाँलाई पनि एमालेमा प्रवेश गराउँनुभयो ।

मिया यसअघि विवेकशील साझा पार्टी परित्याग गरी काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएका राजनीतिज्ञ हो ।

३० वर्षीय मियाँ रवीन्द्र मिश्रले नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीति सुरु गर्नुभएको थियो । युथ इनिसिएटिभको अध्यक्ष त्याग्दै साझा पार्टीमा जानुभएका उहाँ केही समय विवेकशील साझा पार्टीको युवा भातृ संगठनको अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्नुभयो ।

अहिले उहाँले एमाले रोज्नुभयो । उहाँलाई पार्टीमा जिम्मेवारी दिने र जनप्रतिनिधिका लागि समेत उम्मेदवारी दिने पार्टीले योजना बनाएको छ ।

सम्बन्धित खबरहरु