धनगढी । कैलालीमा बिहीबार बिहान भएको हत्या घटना संलग्न भएको आरोपमा प्रहरीले श्रीमानलाई नै पक्राउ गरेको छ ।

गौरीगंगा नगरपालिका–५ की ३२ वर्षीया ललिता नाम्जाली मगरमाथि कुटपिट गरेर हत्या गरेको आरोपमा उनका श्रीमान् ३४ वर्षीय शेरबहादुर नाम्जाली मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र पाण्डेले शेरबहादुरलाई गौरीगंगा नगरपालिका–५ अण्डैयाको कोहलपुरबाट पक्राउ गरिएको जानकारी दिए । डीएपी पाण्डेकाअनुसार अहिले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ ।

बुधबार भारतबाट घर फर्किएका नाम्जाली मगरले राति श्रीमतीमाथि कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ । अरुसँग लागेको आशंकाले हत्या गरेको प्रारम्भिक अनुशन्धानमा देखिएको छ ।

ठ्याक्कै कारण यही हो भनेर बताएका छैनन् प्रहरीले भन्यो । शेरबहादुरकै धारिलो हतियार प्रहारबाट १७ वर्षीया छोरी लक्ष्मीको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ भने १२ वर्षीय छोरा विजय नाम्जाली समान्य घाइते छन् । शेरबहादुर बुधबार मात्र भारतबाट फर्किएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु