काठमाडौं । धादिङको गजुरी तनावग्रस्त बनेको छ । गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएपछि स्थानीयबासिन्दा र विद्यार्थीले प्रदर्शन गरेका छन् ।

गजुरी बजारको आदर्श माद्यामिक बिद्यालयका एक जना ६ वर्षका विद्यार्थीलाई बाटो काट्ने क्रममा ग १ ख ४५६५ नम्बरको बसले जेब्राक्रसमै ठक्कर दिएको प्रहरीले जनाएको छ ।

विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड र आगजनी गरेका छन् ।

उनीहरुले शव सडकमै राखेर प्रदर्शन गरिरहेकाले अहिले पृथ्वी राजमार्गको गजुरी खण्डमा गाडी चल्न सकेका छैनन् ।

कैलाली बाढी : अझै सञ्चालनमा आएनन् विद्यालय
गत हप्तालगातारको वर्षापछि आएको बाढीले विद्यालयसमेत डुबानमा परेपछि कैलालीको भजनीका केही विद्यालय सञ्चालनमा आउन सकेका छैनन् । विद्यालय बन्द भएपछि बालबालिकाको पढाइ प्रभावित भएको छ । भजनीका आशिष खत्री कक्षा ४ मा पढ्नुहुन्छ ।

भजनी–८ स्थित कालिका आधारभूत विद्यालय सोनाफाँटामा अध्ययनरत उहाँको विद्यालय असोज १ गतेदेखि नै बन्द छ । असोज १ गते आएको बाढीले उहाँको विद्यालय डुबानमा परेपछि खत्रीसहित ६१ बालबालिकाले विद्यालय जान नपाएका हुन् । “मलाई विद्यालय जान मन लागेको छ । साथीहरूसँग खेल्न मन छ”, उहाँले भन्नुभयो, “बाढीले डुबेको भनेर मलाई घरबाट विद्यालय जान दिइएको छैन, हाम्रो विद्यालय छिटो खोलिदिनुप¥यो ।”

विद्यालयका प्रधानाध्यापक रामबहादुर चौधरी बाढीले विद्यालयमा छ फिटसम्म पानी पुगेको बताउनुभयो । “बाढीले विद्यालय सबै डुब्यो, कक्षाकोठा, कार्यालय भवन सबैमा पानी पस्यो, कार्यालयका केही सामान रहेनन्”, उहाँले भन्नुभयो, “बाढीले कागजात, पाठ्यपुस्तक, खेलकुद सामग्री, शिक्षक निर्देशिका, बालबालिकाका हाजिरी रजिष्टरलगायतका सबै सामान भिजेर नष्ट भए ।”

प्रधानाध्यापक चौधरी विद्यालय अझै हिलाम्मे रहेकाले सरफाइ गर्न समस्या भइरहेको जानकारी दिनुभयो । “विद्यालयको पानी तान्ने मोटरसमेत भिजेको छ । त्यहाँ हिलो र पानी अझै भएकाले मोटर चलाउन सकिने अवस्था छैन, जसले सरसफाइ गर्नसमेत समस्या भएको छ”, चौधरीले भन्नुभयो, “छ दिनदेखि विद्यालय बन्द छ । अझै केही दिन सरसफाइ गर्न लाग्छ ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खत्री बाढीले विद्यालयमा क्षति भएको जानकारी दिनुभयो । “बाढीले विद्यालयमा भएका सबै सामान नष्ट भए”, उहाँले भन्नुभयो, “अझै हिलाम्मे भएकाले विद्यालय सञ्चालन गर्न सकिएको छैन । हामीमात्र होइन अन्य विद्यालय पनि यस्तै समस्यामा छन् । हामीले पालिकालाई सहयोग गर्न भनेका छौँ ।”

भजनी–८ जनकपुरस्थित इभन बाबा आधारभूत विद्यालयमा पनि बाढीले क्षति भएको छ । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद चौधरी बाढीले विद्यालयमा लाखौँको क्षति भएको बताउनुहुन्छ । “विद्यालयमा तीन फिटसम्म पानी पस्यो । विद्यालयमा दिवाखाजा क्यान्टिन भत्किएको छ”, प्रधानाध्यापक चौधरीले भन्नुभयो, “कक्षाकोठामा बिच्छ्याइएका २० वटा कार्पेट नष्ट भएका छन् । अहिले सरसफाइ चलिरहेको छ । लाखौँको क्षति भएको छ ।”

भजनी–८ कै कक्षा ४ मा अध्ययनरत बालिका सपना चौधरीका बाढीमा परेर सबै कापी–किताब नष्ट भए । घर बाढीले डुबानमा प¥यो, बाआमासँगै सपना हुलाकी सडकमा बसिरहनुभएको छ । “कापीकिताब बाढीमा बगे, विद्यालय जान सकिएको छैन”, उहाँले भन्नुभयो, “अब मैले कसरी पढ्ने होला ?”

हुलाकी सडकमै बसिरहेका अर्का बालक शिखर चौधरी पनि यस्तै सोचिरहनुभएको छ । उहाँका पनि बाढीले कापी–किताब बगाएको छ । “कापी–किताब बगिहाले, पढ्न पाएको छैन”, उहाँ भन्नुभयो, “अब घर फर्केपछि आमाले नयाँ किता किनिदिने भन्नुभएको छ । अहिले त विद्यालय गएको छैन ।”

भजनी नगरपालिकाका शिक्षा अधिकृत पङ्खबहादुर शाहले ३५ विद्यालयमा बाढीले क्षति पुगाएको बताउनुभयो । “३५ विद्यालयमा पानी पसेको छ । विद्यालयका कागजात, शैक्षिक सामग्री, कम्प्युटर क्षति भएका छन्”, उहाँले भन्नुभयो, “अधिकांश विद्यालयमा बाढीपीडित आश्रय लिएर बसिरहनुभएको छ । विद्यालयमा पढाइ प्रभावित भएको छ ।”

शिक्षा अधिकृत शाहले विद्यालयमा भएको क्षतिको विवरण सङ्कलनका लागि शुक्रबार प्रधानाध्यापकको बैठक आहवान गरिएको जानकारी दिनुभयो । “यहाँ ३९ सामुदायिक विद्यालय, १५ संस्थागत विद्यालय छन्, अहिलेसम्म दुई विद्यालयबाट निवेदन आएको छ”, उहाँले भन्नुभयो, “शिक्षामा ठूलो क्षति भएको छ । ठूलो नोक्सान भएको छ । कतिपय विद्यालयका पर्खाल भत्किएका, पुस्तकालय नष्ट भएका छन् । विवरण सङ्कलनपछि राहतका कार्यक्रम हुनेछन् ।”

 

सम्बन्धित खबरहरु