काठमाडौं । नेपाली फिल्म ‘दुई नम्बरी’ मा भुटानी अभिनेत्रीले अभिनय गरेकी छिन् । आफू अभिनित पहिलो चलचित्र प्रवद्र्धन कार्यक्रमका लागि भुटानी अभिनेत्री उगेन छोदेन विहिबार काठमाडौं आइपुगेकी छन् ।

थिम्पुबाट काठमाडौं विमानस्थलमा उत्रिएपछि उले लेखेकी छिन् ‘हेलो नेपाल, नयाँ खबर के छ ?’

उनी आएसँगै फिल्मको ट्रेलर सार्वजनिक गर्ने र प्रचारप्रसार अभियानलाई अघि बढाउने निर्माताको तयारी छ । कोरोना महामारीले प्रभावित यो फिल्मको प्रदर्शन असोज २१ गतेदेखि सुरु हुँदैछ ।

गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङेको निर्माण र ‘पोइ पर्‍यो काले’ फेम्ड किरण नेपालीको प्रस्तुति रहेको फिल्ममा उगेनले दयाहाङ राईको अपोजिटमा अभिनय गरेकी छन् ।

सौगात मल्ल र उपासनासिंहले पनि अभिनय गरेका छन् । मित्रताको कथा प्रस्तुत गर्ने फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । यसअघि फिल्मको टीजर भिडियो लन्च भैसकेको छ ।

सम्बन्धित खबरहरु