लोबिटो । अङ्गोलाको दक्षिणी बेन्गुएला प्रान्तमा बुधबार ३० यात्रु बोकेको एउटा गाडी पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

तीव्रगति, सावधानीको अभाव र प्राविधिक त्रुटिका कारण गाडी पल्टिएको राष्ट्रिय प्रहरीका प्रवक्ता अर्नेस्टो चिवालेले बताउनु भएको छ ।

बेन्गुएला जनरल अस्पतालमा चिकित्सा सहायता लिइरहेका १८ जना घाइतेको अवस्था गम्भीर रहेको एङ्गोलाको नेसनल इन्स्टिच्युट फर मेडिकल इमर्जेन्सीका बेन्गुएला प्रान्तीय संयोजक हर्नानी फ्रान्सिस्कोले बताउनु भएको छ । (रासस/सिन्ह्वा)

बाढी प्रभावित पाकिस्तानी क्षेत्रमा डेङ्गुको प्रकोप बढ्दो
पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढेको छ । अधिकारीहरुले यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेङ्गुको प्रकोप बढ्दै गएको जानकारी दिएका हुन् ।

पाकिस्तानका विशेषगरी पछिल्लो समयमा यस वर्षको मनसुनबाट क्षति भएका क्षेत्रहरुमा डेङ्गुको ज्वरोले धेरै मानिस विरामी परेका बताइएको हो ।

यहाँको सबैभन्दा धेरै बाढी प्रभावित प्रान्त सिन्धमा नै डेङ्गुले पनि सताएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीले दिएको जानकारीमा गएको २४ घन्टा यतामात्र यहाँका तीन सय २३ जनालाई डेङ्गु लागेको छ ।यसपछिको प्रभावित क्षेत्र कराँची पनि हो । कराँचीमा मात्र यहाँ गएको २४ घन्टामा दुई सय ६० जनामा यसको संक्रमण देखिएको छ ।

कराँची पनि यस वर्षको मनसुनी वर्षाबाट बढी प्रभावित क्षेत्र हो । सेप्टेम्बर महिनामा मात्र सिन्धमा करिब चार हजार जनामा डेङ्गुको सङ्क्रमण भएको थियो । यहाँ अहिलेसमम छ हजारजना भन्दा बढीमा यो प्रकोप देखिएको सिन्ध प्रान्तको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।

ती अधिकारीका अनुसार बाढी प्रभावित भएर घरबारबिहीन हुन पुगेका नागरिकमा यस्तो प्रकोप देखिएको पाइएको समाचारमा जनाइएको छ ।यहाँको खैबर पाक्थुन्क्वामा पनि डेंगुको प्रकोप बढ्दो देखिएको छ । यहाँ पनि यसवर्ष मात्र कम्तीमा पाँच हजार जनामा यो सङ्क्रमण देखिएको खैबरको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।

 

सम्बन्धित खबरहरु