काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले नचिनेका मान्छेले राष्ट्रपतिको मजाक उडाउने काम गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाललाई एमाले प्रवेश गराउदै ओलीले गठबन्धनले संसद बाहिर बसेर, अनधिकृत स्थानमा भेला भएर र संविधानले नचिनेका मान्छेले राष्ट्रपतिको मजाक उडाउने काम गरेको भन्दै आक्तोश व्यक्त गर्नुभयो ।

उहाले राष्ट्रपतिको अपमान गर्ने काम महानता हो भनेर गठबन्धनले ठानेको तर्क गर्नुभयो । नागरिकता बिधेयकका बारेमा गठबन्धन एकलौटी ढंगले अघि बढेको र एकपटक पनि राष्ट्रपतिसंग परामर्श नगरेको उहाले बताउनुभयो ।

ओलीले नेपाली नागरिकलाई मात्रै नागरिकता दिने काम हुनुपर्ने भन्दै बिदेशीहरुलाई नागरिकता दिने काम सरकारले गर्न नसक्ने धारणा राख्नुभयो । उहाले संविधान अनुसार कुनैपनि नेपाली नागरिकलाई नागरिकताविहिन बनाउन नमिल्ने बताउनुभयो ।

यसअघि एमालेले अघि बढाएको नागरिकतासम्बन्धी कानूनलाई अहिले गठबन्धनमा रहेका दलहरुले रोकेको उहाले बताउनुभयो । त्यस्तै ओलीले गठबन्धनलाई पराजित गराएर छाड्ने र गठबन्धनका अपराधहरुका बिरुद्ध लडिरहेको एमालेलाई बिजयी गराउने दावी गर्नुभयो ।

गठबन्धनको गन्तव्य जसरी पनि सत्ता प्राप्त गर्ने मात्र रहेको उहाले बताउनुभयो । ओलीले एमालेको लक्ष्य समृद्ध नेपाल सुखि नेपाली भएपनि गठबन्धनको लक्ष्य आफ्नो परिवारको समृद्ध मात्र भएको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले एमालेको घोषणापत्रलाई देश र जनताको चाहना अनुसार बनाउन सवैपक्षसंग छलफल समेत चलाएको बताउनुभयो ।

उहाले प्रधानन्यायाधिशमाथी लागेको महाभियोगलाई बदनियताका साथ सभामुखले ६ महिनासम्म अघि नबढाएको आरोप लगाउनुभयो । आरोप पुष्टि नहुदै घर घेर्नु र नजरबन्दमा राख्नु राज्य आतंकको पराकाष्ट भएको उहाको भनाई छ ।

त्यस्तै एमाले प्रवेश गर्दै खनालले पछिल्ला सात जना प्रधानमन्त्रीमा केपी ओली जस्तो राजनेता कोहि नभेट्टाएको बताउनुभयो । एमालेले राष्ट्रका लागि गरेको कामलाई देखेर आफु पनि एमाले प्रवेश गरेको उहाको भनाई छ ।

कार्यक्रममा खनाल लगाएत काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने तयारी गरेका अब्दुस मिया लगाएतका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए । यहाँ बोल्दै गर्दा क्यामेराको लेन्समा कैद भएका केपी ओलीका ६ रुप हेर्नुहोस्

सम्बन्धित खबरहरु