काठमाडौं । नेपालमा यौन धन्दा बढीरहेको तथ्य बाहिर आएको छ । उमेर नपुगेका बालबालिकालाई समेत रेट फिक्स गरेर ग्राहकलाई पुर्याईदिनेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखराको जरेबरमा फ्ल्याट भाडामा नै लिएर धन्दा गर्दै गरेको प्रहरीले पक्राउ गरेको छ । उनीहरुसँग कार नै हुने गरेको खुलेको छ । पोखरा महानगरपालिकामा यौन धन्दा बढ्दै गएको यो तथ्यले देखिएको छ । जहाँ १ रातको १०,०० देखि १७,००० सम्म लिने गरेको परिचालित व्यक्ति बताउँछन् ।

यौन धन्दा चलाउँने होटल व्यवसायीहरुले ग्राहकलाई अनलाईनमा फोटा पठाउने र सो फोटाहरुबाट आफूलाई मन परेको छान्न लगाएर ती युवतीलाई घरैसम्म पुर्याई दिने व्यवस्था गर्दै गरेको कास्की प्रहरीले रंगेहात प्रकाउ गरेको छ ।

जुन प्रकाउ पर्नेहरु महिला तथा पुरुषका मुख्य व्यक्ति पोखरा महानगरपालिका वडा नं. ७ घर भइ अहिले पोखरा महानगर कै वडा नं. १७ मा बस्ने वर्ष ३० का नारायण पोखेल रहेको र उनकै साथि भनेर चिनिने जिल्ला सिन्धुपाल्चोक घर भइ हाल जरे बरमा ३ कोठाको फ्ल्याट लिएर बस्दै आएकी र जिल्ला काभ्रे घर भइ हाल जरे बर कै घरमा बस्दै आएका पुरुषले एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने काम गर्दै आएको कास्की प्रहरीले जनाएको छ ।

उनको नाम विशाल योगी रहेको प्रहरी बताउँछ । यस समूहका अन्य व्यक्तितलाई प्रकाउ गरेको र दोस्रो पटक पनि सो समूह भएकाले कडा कारबाही हुने प्रहरीको भनाइ रहेको छ । यस अपराधिक कार्यको मुख्यव्यक्ति चै पोखरा महानगरपालिका वडा नं. ७ मुस्ताङ चोक मुख्य घर भई पोखरा १७ रातो पैह्रामा घर भाडामा लिएर बस्ने नारायण पोखेल रहेछन् ।

उनले गरर्लफ्रेण्डको रुपमा राखेकी सिन्धुपाल्चोक चौतारा नगरपालिका वडा नं. ६ घर भएकी एक युवती र बाँके जिल्ला चीसापानी वडा नं. ९ स्थायी घर भई पोखरा नै बस्ने विशाल योगी सहायक अपराधि रहेका छन् । युवतीलाई जरेबरको फ्ल्याटमा राखिएको थियो । नारायणले सबै म्यानेज गर्ने र विशाल योगीले किशोरीहरु एक ठाउँबाट अर्को ठाउँमा पुर्याउँने गर्दथे ।

सम्बन्धित खबरहरु