काठमाडौं । नेपालको कानूनले सात पुस्तासम्म वैवाहिक सम्बन्ध राख्न बन्देज गरेको छ । गरेको खण्डमा विवाह बदर भएर हाडनाता करणीको कसूरमा जेल सजाय भोग्नुपर्छ । तर समाजमा यस्ता अपराध भइरहेका छन् । यस्ता घटना उजागर गरेर अपराध न्यूनिकरणको हाम्रो अभियान जारी छ ।

तेह्रथुमा नाताले भतिजी बुहारी पर्ने युवती खगेन्द्र बहादुर क्षेत्रीले लिएर फरार भएका छन् । तेह्रथुम जिल्ला फेदाप गाउँपालिका वडा नं. २ मा बस्दै आएका खगेन्द्रले बुहारी भगाए पश्चात उनकी श्रीमती लक्ष्मी ती फरार श्रीमान खोज्न भौतारिरहेकी छिन् । उनलाई पक्रिएर कानूनी कारबाही गरेर आफूले न्याय पाउँ भन्दै उनी सहायता माग्दै हिडिरहेकी छिन् ।

पाँच महिनाको छोरा र ६ वर्षीय छोरी छोडेर पूजा नाम गरेकी नाताले काका बुहारी पर्नेलाई लिएर खगेन्द्र फरार भएका छन् । उनको अहिले कुनै अत्तोपत्तो लागेको छैन् ।

लक्ष्मीले धेरै पटक फोन गरेर आउनुस् किन यसरी हिड्नु भएको भन्दा मैले कसैलाई लिएर आएको छैन र म भारतको पन्जाव भन्ने ठाउँमा छु भन्दै, खगेन्द्रले झुट्टा दावी गरेर बसिरहेको उनकी श्रीमती लक्ष्मी बताउँछिन् ।

लक्ष्मीका अनुसार मसँग विवाह हुनु भन्दा पहिले त्यो भतीजीसँग लसपस रहेको बल्ल अहिले थाहा भयो उनी बताउँछिन् । उनका अनुसार पटक–पटक सम्झाउँदा नलागेर अहिले फरार भएका छन् ।

फरार खगेन्द्रले लगेकी युवतीसँगपनि २ छोराछोरी छन् । बुहारी पर्ने उनका श्रीमान विदेशमा रहेका छन् । लक्ष्मीका अनुसार श्रीमान् खगेन्द्रको अहिले पनि उसको घर परिवारसँग सम्पर्क हुने तर घरका सासुहरुले केही समयको लागि काठमाडौँ गएको छ भन्दै टार्ने गरेको छन् ।

 

सम्बन्धित खबरहरु