काठमाडौं । धन कमाउँन भारत गएकाले नेपालीले अनेकौँ समस्या झेल्ने गरेका छन् । कतिपयले ज्यान नै गुमाउनु परेका घटनापनि धेरै छन् । धन कमाउँन भनी भारत हिडेका ३ जना नेपाली मध्ये २ जना बेपता भएका छन् ।

भारतको गुजरात हिडेका ३ जना नेपाली रेशम बहादुर नेपाली बुबा, छोरा र काकामा सोच्नै नसक्ने बज्रपात भएको छ । जहाँ छोरा र काका अहिलेसम्म सम्पर्कमा नआए पश्चात बुबा रेशम मिडियाको सहयोगको लागि आएका छन् । उनका भाइ र छोरा बेपता भए पछि उनीहरुलाई धेरै पिडा परेको छ । परिवार पुरै चिन्तामा छ ।

रमेशका अनुसार गुजरातसम्मको टिकट काट्यौं तीन जनाले, अनी राती १ बजे पुग्ने भएका कारण केही खाजा खाउँ भनेर होटमा गयौँ त्यहाँ गएर रोटि, मही र तरकारी खाए पश्चात हामीलाई सानो गाडिबाट ठुलो गाडिले मेन रोडसम्म ल्याएर चढायो ।

त्यसपछि सो गाडिमा चढे पश्चात मैले केही थाँहा पाएन । त्यो गाडिमा कसले चढायो ? कसरी चढायो ? केही थाँहा भएन । म अचानक वेहोस हुन पुगेछु । हामी सबैलाई उनीहरुले वेहोस बनाए क्यार उनले भने । अरु के–के भयो केही देखेको, सुनेको याद नै भएन र रासकोट भन्ने ठाउँमा कस्ले ल्यायो केही थाहा भएन, होस खुल्दा म रासकोट भन्ने ठाउँमा थिए उनी बताउँछन् ।

राति रोडको छेउमा छियाछिया गरिदिएको उनको अनुहारमा २२ वटा टाँका लागाएको रमेश बताउँछन् । तर सो घटनामा लागेको चोट धारिलो हतियार वा गाडि दुर्घटना हो केही पत्ता लगाउन नसको उनी बताउँछन् । अवस्था अनुमान लगाउँदा धारिलो बस्तुले काटेको शंका मात्र रहेको छ ।

भारत आउने जाने गरेको २०, २५ वर्षसम्म कहिल्यै नघटेको घटना भएको रेशम बताउँछन् । उनी स्वयं गम्भीर घाइते भएर उपचारपछि होसमा आएका छन् । तर छोरो र भाईको कुनै खोट खबर छैन ।

 

सम्बन्धित खबरहरु