काठमाडौं । नेपालमापनि अनौठा घटना सार्वजनिक भइरहेका छन् । भारतको बनारस बस्दै आएकी रञ्जना गुरुङ र बुटवल बस्दै आएका दुर्गा गुरुङबीच विवाह हुन्छ । विवाह भएको २ महिनासम्म सबै ठिकै चल्दै थियो ।

दुई महिनापछि रञ्जना गुरुङले श्रीमानसँग सहवास गर्न नमानेका कारण उनको परिवारमा अनेक समस्या आइपुग्यो । दुर्गाकी श्रीमती रञ्जना अहिले फरार भएका कारण थुप्रै ठाउँहरुमा खोज्न गए ।

तर दुर्गाले श्रीमाती भेटाउँन सकेनन् । अन्ततः दुर्गाको परिवार मिडियामा सहयोग माग्नका लागि आएका छन् । त्यसपछि गोप्य कुरा खुलेको छ । मागी विवाह गरेका दुर्गाले रञ्जनाको बानी व्यवहार धेरै नबोल्ने, शान्त रहेको थियो । चुनावको समयमा भोट हालेर आउँदा रात पर्दासम्म रञ्जना आइनन् । फोन गर्दापनि उठाइनन् । राति अबेर मात्र आइपुगिन् ।

त्यो दिन सम्झाएता पनि उक्त दिन पश्चात रञ्जनामा फरक व्यवहार देखाउँन थालिन् । २ महिनासम्म सँगै बसेकी रञ्जना सो महिना पश्चातसँगै नबस्ने, टाढाटाढा रहदै जाँने गर्न थालिन् ।

३ महिना पश्चात नागरिकता सहित विवाह दर्ता समेत बोकेर फरार भइन् । दुई महिनापछि श्रीमान नजिक हुन खोज्दा समेत सहवास नदिने, झर्किने गर्न थालेको श्रीमानले बताए । दुर्गाका आमाबुबाका अनुसार राम्रै स्वभावकी थिइन् । खै के भएर टाढा भए ।

छोरा बुहारी टाढा भएको आफूहरुलाई नमज्जा लागेको उनीहरुले बताए । यदि मेरो छोरासँग बस्ने मन छैन भने सम्पर्क आएर डिभोस गर्नु पर्ने भन्दै उनीहरुले फर्किएर आएर छोडपत्र गर्न अपिल गरेका छन् ।

श्रीमान दुर्गाका अनुसार जबरजस्ती विवाह भएको जस्तो श्रीमतीले बताउन थालेकी थिएन् । मेरो उमेर २८ र श्रीमतीको उमेर २१ भएता पनि उमेरको विषय कहीलै रञ्जनाले उठाइनन् उनका श्रीमान दुर्गा बगाउँछन् । तर जहाँ भएपनि चित्त बुझेको छैन भने छोडपत्र गरेर जान श्रीमान दुर्गाले अपिल गरेका छन् ।

उनले भने मसँग उनी विवाह भएको २ महिनापछि सहवासका लागि राजी भइनन् । मैले जति आग्रह गर्दापनि उनी तयार भइनन् । यही केही समस्या हो भने भनेर विदा भए हुन्थ्यो उनले भने ।

 

सम्बन्धित खबरहरु