काठमाडौं । हेर्दै जो कोही लोभिने यो घर कुनै व्यापारी वा व्यावसायीको भने होइन । उपराष्ट्रपति नन्दबहादुर पुनको घर हो । स्वामित्व भने हस्तमाली पुनको छ । हस्तमाली पुन उपराष्ट्रपति नन्दबहादुर पुनकी श्रीमती हुनुहुन्छ । काठमाडौंको चन्द्रगिरी नगरपालिकाको दहचोस्थिक कालु पाण्डेको समाधिस्थल नजिकै छ यो घर । घरसँगै दुई अलग–अलग कित्तामा गरी दुई रोपनी बढी जग्गा छ ।

जहाँ चल्ती मूल्य अनुसार प्रति आना ३५ लाख भन्दा बढी छ । मालपोत कार्यालय कलंकीमा रहेको जग्गाको विवरण अनुसार पहिलो कित्ता नम्बर साविक १२६ हाल १२६ रहेको छ ।

क्षेत्रफल एक रोपनी, कारोबार मिति २०७५ साल साउनको २३ गते, जग्गा धनी हस्तमाली पुन रहेको रेकर्ड छ । दोस्रो कित्ता नम्बर साविक १२७ हाल २००, क्षेत्रफल एक रोपनी एक आना दुई दाम कारोबार व्यहोहार अनुसार २०७५ साल साउनको २४ गते खरिद भएको छ ।

जग्गा धनी यो कित्ताकोपनि हस्तमाली पुन नै हुनुहुन्छ । कागजातका अनुसार एक दिनको अन्तरालमा ४ बर्ष अघि हस्तमाली पुनले यो जग्गा किनेको देखिन्छ । त्यस लगत्तै यहाँ घर बनाउँन थालेको स्थानीयहरु बताउँछन् । अहिले आलिशान दरबार जस्तो घर बनेको छ ।

यति धेरै जग्गा जोडेर जमिन्दार शैलीमा आलिशान घर बनाउँन आर्थिक अवस्था पुन परिवारको देखिदैन । तर कागजात र स्थानीयको पुष्टिले यो सम्पत्ति पुन परिवारको नै हो भन्ने पुष्टि गर्दछ । बेलाबेला उपराष्ट्रपति पुन घर हेर्न आउँने गरेको स्थानीयले पुष्टि गरेका छन् ।

कामदार र ठेकेदारका अनुसारपनि यो घर उपराष्ट्रपति पुनकै हो । शसस्त्र युद्धकालमा अत्यन्तै दुख पाएको परिवार हो पुन परिवार । परिवारका प्रायः सबै युद्धमा सहभागी भएका पनि हुन् । राजनीतिक परिवर्तनको एक हिस्साको रुपमा उहाँलाई सम्मान गर्नुपर्छ । तर यो छलाङपूर्ण आर्थिक रुपान्तरणका सवालमा भने पुन परिवारमाथी गम्भीर प्रश्न जन्मिन्छ नै ।

पुन परिवारको आम्दानी भनेको उपराष्ट्रपति नन्दबहादुर पुनको मासिक तलब र सेवा सुविधा मात्र हो । अरु परिवारका सदस्यहरु देखिनेगरी कुनै कमाई गर्ने लयमा छैनन् । उपराष्ट्रपतिको तलब मासिक एक लाख ८ हजार ३० रुपैयाँ हुन्छ ।

मोटामोटी हिसाब गर्दा २०७२ साल कात्तिकमा उहाँ उपराष्ट्रपति बन्नुभएको छ । त्यसयताको करिब ७ बर्षमा उहाँले करिब एक करोड पारिश्रमिक बुझेको देखिन्छ । त्यसमध्ये केही खर्चपनि भयो होला ।

उहाँ आफै किड्नी रोगबाट पीडित हुनुहुन्छ । खर्चको स्तर धेरै नै छ । परिवारका अरु सदस्य देखिने खालको कुनैपनि कमाईको क्षेत्रमा काम गरेको देखिन्न । तर यो करोडौंको सम्पत्ति कसरी जोडियो होला ? जो कोहीले प्रश्न गर्ने अवस्था छ ।

सम्बन्धित खबरहरु