काठमाडौं । मानिसहरू एटीएम बुथमा जाँदा के पाउँछन् ? बाहिर मानिसको लाइन, भित्र बोर्ड, एसीको हावासँगै नगद पनि पाइन्छ । यसबीच अब एटीएममा गाई र गोबर भेटिएको भिडियो सार्वजनिक भएको छ । भिडियो भारत, मध्य प्रदेशको हो । जानकारी अनुसार गाईले एटीएम बुथलाई आफ्नो घर बनाएको हो ।

गाईको अर्को घर थिएन्, उ त्यहाँ खुशी भएर बसेको थियो । एटीएमभित्र गोबर नैं गोबर थियो । घटना मध्य प्रदेशको रेवा जिल्लाको हो । त्यहाँ नैगढ़ी थाना क्षेत्रमा रहेको एटीएमलाई गाईले घर बनाएको छ ।

त्यहाँ पैसा निकाल्न जाँदा गाई, गोबर र त्यसको गन्ध सहन गर्नुपर्छ । एटीएममा काका–भतिजाको जोडी पैसा निकाल्न गएपछि त्यहाँको दृश्य देखेर हैरान भएका हुन् ।

एटीएम बुथमा मेसिन थियो । मेसिनमा नगद र मेसिनको अगाडि एउटा गाई थियो । गाईले गोबर गरेको थियो । पूरै एटीएम बुथ गाईको गोबरले भरिएको थियो । पैसा निकाल्न गएका व्यक्तिले गाई र गोबरसँगै नगद पनि पाए । सामाजिक सञ्जालमा मजक गर्दै गाईले ‘जीवनमा सधैं बढ्दै जानुपर्छ’ भन्ने कुरालाई निकै गम्भीरतापूर्वक लिएको बताए ।

जसकारण गाई सडकबाट सिधै एटीएम पुग्यो । दुर्गन्धले हैरान भएर काकाले नाकमा टिसर्ट लगाएर पैसा निकाल्दै थिए । पछाडि उभिएको भतिजाले यसको भिडियो बनाएर सार्वजनिक गरेका हुन् ।

जे होस्, काका(भतिजाको भिडियो भाइरल भइरहेको छ । यसबाट कतिपय आक्रोशित छन् । यो भिडियो हेरेर केही मानिसहरु हाँसेका छन् । पैसा निकाल्न जानेले नाक बन्द गरेर एटीएमबाट पैसा निकाल्न बाध्य छन् । एटीएममा गाई बसेको छ । तपाईलाई यो भिडियो कस्तो लाग्यो ? भन्नुहोस् ।

सम्बन्धित खबरहरु