काठमाडौं । लोक संगीतको क्षेत्रमा मोडलको रुपमा उदायका राजु मोहोत्रा मृत फेला परेका छन् । बुटवल स्थित उनकै घरमा झुण्डिएको अवस्थामा फेला परेको परिवारले पुष्टि गरेको छ ।

उनले केही दिन अघि मात्र नयाँ गीत ए मुनामा मोडलिङ्ग गरेका थिए । नेपाल छोडेर भारतको लाहुर गएको कथाबस्तुमा उक्त गीतको भिडियो बनेका छ । छोटो समयमा नै उक्त भिडियो निक्कै चर्चित बनेको छ । उनले मुनासँग फर्कि आउँछु भन्दै बाचा गरेका छन् ।

तर वास्तविक जीवनमा भने कहिलै नफर्किनेगरी विदा भएका छन् । आत्माहत्याको कारण भने खुलेको छैन । अहिले प्रहरीले अनुशन्धान गरिरहेको छ ।

गीतमा उनी ए मुना हिड्ने बेला भयो भन्ने गीतमा देखिन्छन् । मुना नगए हुन्न र भन्छिन् । तर उनले हिड्ने बेला नरोए, शुभ साईतमा रुनु हुन्न भन्दै चित्त बुझाउँछन् ।

सधैँका लागि विदा भएका उनलाई भने नगएस् भन्ने कोही भएन । अहिले सामाजिक सञ्जाल फेसबुकमा भने अधिकांश मानिस स्तब्ध बनेका छन् । यति ठूलो गलत निर्णय किन लिएको भन्दै प्रश्न गरिरहेका छन् ।

उनको अल्पआयुमा नै भएको यो निधनले नेपाली कलाकारिता क्षेत्र स्तव्ध बनेको छ । अधिकांशले श्रद्धाञ्जली भन्ने शब्द समेत व्यक्त गर्न मुस्किल परिरहेको बताइरहेका छन् ।

सम्बन्धित खबरहरु