काठमाडौं । आज देशका विभिन्न ठाउँमा भारी बर्षा हुने भएको छ । केही स्थानमा भने उच्च सर्तकता अपनाउँनुपर्ने भएको छ । झापाको चन्द्रगढी, बिर्तामोड, शनिश्चरे, कन्काई (गैडे, दमक) लगायतका ठाउँमा भारी वर्षा भएको छ ।

झापा र इलामको सीमा आसपास भारी वर्षा भएकाले मेची, बिरिङ, निन्दा, बक्राहा, अदुवाखोला, मावा–रतुवालगायत साना नदीमा जलसतह बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । साथै महाशाखाले नदी तथा खोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशका प्रमुख र मझौला नदीहरुमा भने अबको तीन दिन जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । आज पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ।

मौसम विश्लेषण (Meteorological Analysis) हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status) हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

२०७९ असोज ७ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका तराई भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ असोज ८ गते (शनिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका तराई भू-भागहरुका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

२०७९ असोज ९ गते (आईतबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours): लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन समेत सामान्य प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

सम्बन्धित खबरहरु