काठमाडौं । पूर्विय संस्कृतिमा गाईलाई आमाको दर्जा दिइएको छ । गाईबाट प्राप्त उत्पादन अनेकौं रोगहरुको निवारणमा उपायोग गरिन्छ । गौंमुत्र जुन की पंचगव्यको पनि एउटा महत्वपूर्ण घटक हो । प्राचीन समयदेखि अनेक रोगहरुको उपचारमा उपयोग हुन्छ । यसको वर्णन चरक संहिता, सुश्रुत संहिता, वृहद भागवद, अथर्ववेद, भाव प्रकाशमा पनि गरिएको छ ।

पछिल्ला केहि वर्षहरुको अवधिमा गरिएको अध्ययन अनुसार गौमुत्रमा, रक्तचाप, धमनीहरुमा हुने रुकावट, अवरोध, कब्ज, बबासीर, माइग्रेन, स्वी प्रसुति रोगहरु, कान तथा नाकका रोगहरुसँग लड्न सक्षम छ । प्राचिन कालमा गौ मुत्रलाई आधुनिक युगको एन्टीवायोटिकलाई जस्तै गरी प्रयोग गरिन्थ्यो । गौ मुत्रमानैं केबल विभिन्न रोगहरुसँग लड्ने क्षमता हुन्छ । अपूर्ति कृषि विज्ञान एवं माहुरी पालनमा पनि यो धेरै तरिकाले उपयोगी प्रकाश पार्नु भन्दा पहिला यसको रसायनिक घटकहरुको जानकारी आवश्यक छ जुन निम्न लिखित छन् ।

सोडियम, नाइट्रोजन, सल्फर, मैगनीज, आइरन, सिकान, कैल्सियम साल्टस, सीट्रीक एसीड, एन्जाइम्स, ल्कोरीन फासफेट, कारवोलिक एसीड, हरमौन्स, मैग्नीसियम लैकटोज सकिसनीक एसीड क्रिएटिनिन विटामीन ए, बि, सि, डि तथा इ ।

उपरोक्त घटकहरुको कम बेशी नै विभिन्न खाले रोगको कारण बन्दछ । गौमुत्रमा यी सबै एक सन्तुलित मात्रामा हुन्छन । अतः यसको उपयोगबाट शरीर रोगमुक्त हुन्छ ।

गौमुत्रको पौराणिक उपयोग / आर्युवेदमा गौमुत्रको निम्नलिखित उपयोग वर्णित छ ।

रोग

  • १, ज्वरो : गौमुत्र+, दहि , घ्यु, मरीचको घुलो
  • २, कुष्ठ रोग : गौमुत्र, बेसार
  • ३, विकृत कुष्ठ रोग : गोमुत्र, कागती चिया
  • ४, जीर्ण कुष्ठरोग : गौमुत्र, वसाकापा, +कुरीलोको बोक्रा+, कनेरको पात+, नीमको बोक्रा
  • ५, छारे रोग : गौमुत्र, सरस्यौको तेल, निमको बोक्रा, सौमा पापडको बोक्रा
  • ६, रक्त अल्पता : गौमुत्र, त्रिफला, गाईको दुध

गौमुत्रको औषधिय गुणः युरीया, क्रिएटिनन, कारबोलिक एसीड फिनोल्स, कैल्सीयम, मौगनीज युक्त भएका कारणले गौमुत्रमा किटानुनाशक गुण छ । एन्टी अक्सीडेन्ट गुण तथा एलैन्टाइनका कारण गौमुत्रलाई क्यान्सरको उपचारमा पनि उपयोग गर्न सकिन्छ । एलैन्टाइनको कारणले पनि गौमुत्र घाउ भरीने गतिलाई छिटो गराउँछ । गौमुत्र नियमित सेवन गर्नाले शरीरको रोग प्रतिरोधक क्षमतामा अभिवृद्धि हुन्छ । मुटु तथा रक्त सञ्चार प्रणालीमा गौमुत्र निम्न रुपबाट लाभकारी हुन्छ कैलीकेरीनले धमनीहरु फैलाउँछ । युरोकाइनेजलेमा फिब्रीनो लाइटिक गुणका कारणरगत जम्नबाट रोक्तछ । नाइट्रोजन, सल्फर, सोडियम तथा कैल्सीयमले रक्त शुद्धिकरणमा मद्दत गर्दछ । तामा र कैल्सीयमले मोटोपन कम गर्ने तथा हाडहरु बलियो बनाउँछ । तामामा विषधर औषधीको गुण हुन्छ । गौमुत्रले शारीरिक समस्थितिलाई बनाएर राख्छ तथा निम्न लिखित प्रकृयाहरुलाई प्रभावित गर्दछ । बोसो लाग्न कम गर्ने मानसीक तनाव हटाउने, शरीरको विषालु पदार्थहरु सफा गर्ने, मुटु र मस्तिष्क बलियो बनाउने ।

गौमुत्रको कृषि कार्यमा उपयोग : पंचगव्य गाईबाट प्राप्त पाँच उत्पादनहरुलाई मिलाएर बनाइन्छ जुनकी दुध, दहि, घ्यु, गौमुत्र र गोबर हुन । यसलाई कृषि भूमिमा उर्वरक तथा किटनाशकको रुपमा उपयोग गर्न सकिन्छ । हालैको अनुसन्धानले गौमुत्र मात्रै एक्लै पनि किटनाशकको रुपमा प्रयोग गर्न सकिने छ । गौमुत्रले आसुत (Distilate) जैव सक्रिय अणुहरुको गतिविधिहरुलाई तेज गराउँछ जस्तै कैसंर रोधि औषधिहरु पुष्टिकर, एण्टीवायोटिक आदि । गौमुत्रले माटोमा नाइट्रोजनकै मात्रा बढाउँछ जसले गर्दा बालिनालीको उत्पादनमा बृद्धि गराउँछ ।

माहुरी पालनमा गौमुत्रको उपयोग : युरोपियन फाउलबु्रड माहुरी पालनमा नकारात्मक असर पु¥याउने एउटा सर्वकालिक रोग मानिन्छ । यस स्थितिमा गौमुत्र त्वरीत एवं समग्र समाधान प्रदान गर्दछ । माहुरीको विकासमा सहयोग गर्दछ र तिनको कार्य क्षमतामा अभिवृद्धि गराउँछ । अतः गौमुत्र यस्तो गम्भीर परिस्थितिहरुमा एउटा पर्यावरण हितैषि समाधान मानिन्छ ।

अन्तमा

गौमुत्र पद्धती आउने दिनमा एउटा महत्व पूर्ण अनसन्धानको विषय हुन सक्तछ । आर्युवेदमा गौमुत्रलाई जीवनका लागि अमृत मानिएको छ । अतः गौमुत्र पद्धती आउने दिनमा अनेकौ अन्य भयानक रोगहरुको उपचार बन्न सक्तछ । किनकी यो पर्यावरण हितैषि, आर्थिक रुपबाट व्यवहार्थ तथा सजिलै जतिसुकै पनि सहजरुपमा उपलब्ध छ ।

वरिष्ठ पशुचिकित्सक, सेवा निवृत / प्रमुख भेटेरीनरी जन–स्वाथ्य कार्यालय, त्रिपुरेश्वर ।

सम्बन्धित खबरहरु