काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टोमात्र नभएको बताउनुभएको छ । थापाले अहिलेको नागरिकता विधेयकमा आएको विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा कुनैपनि हालतमा सहमति हुन नसकिने बताउनुभएको हो ।

गृहजिल्ला मकवानपुरको बकैया गाउँपालिकामा पार्टीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा थापाले भन्नुभयो, ‘प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ, जन्मसिद्ध नागरिकका सन्तानले सहजरूपमा नागरिकता पाउनुपर्छ । तर, विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयकलाई स्वीकार गर्न सकिँदैन ।’

युवाहरू राजनीतिक स्वार्थको गोटि बन्नु नहुने उहाँको भनाइ छ । सरकार र दलहरूको मर्यादाहिन व्यवहारको कारण संविधानले सकारात्मक परिवर्तन दिन नसकेको टिप्पणी गर्दै लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावादी प्रवृत्ति हाबी भएको थापाको टिप्पणी थियो ।

 

सम्बन्धित खबरहरु