काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन शुक्रबार सुन र चाँदीको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार बढेको छ ।

चाँदीको मूल्यपनि तोलामा १५ रुपैयाँले बढेको छ । हिजो बिहीबारपनि सुनको मूल्य पाँच सय र चाँदीको मूल्य १५ रुपैयाँ प्रतितोलाले बढेको थियो ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ तोकिएको थियो । आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सनुको मूल्य बिहीबार ९१ हजार ३ सय रुपैयाँ थियो आज शुक्रबार ९२ हजार ३ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य प्रतितोला बिहीबार १ हजार १८५ रुपैयाँ थियो आज शुक्रबार एक हजार दुई सय भएको छ ।

बुधबार प्रतितोला ५ सय रुपैयाँले घटेर सुनको मूल्य ९१ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै बुधबार चाँदी १ हजार १७० रुपैयाँ तोलामा कारोबार भएको थियो ।

सम्बन्धित खबरहरु