काठमाडौं । नेकपा एमालेका नेता एवं बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले खुलेरै बलात्कारका आरोपी सन्दीप लामिछानेको समर्थन गर्नुभएको छ ।

एक निजी टिभी कार्यक्रममा पुग्नु भएका प्रसाईंले नेपालमा पछिल्लो समय बलात्कारको कानुनलाई गलत्त तरिकाले प्रयोग गरिएको पनि बताउनुभयो ।

सहमतिमा नै सम्बन्ध कायम गरेर पछि कुरा नमिल्दा बलात्कार भन्ने गरिएको उहाँको आरोप छ । अभिनेता पल शाह, क्रिकेटर लामिछानेलगायतलाई बलात्कारको अपराधमा फसाउन खोजेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘नरेन्द्र मोदीले के भनेको थियो थाहा छ ? ये संदीप लामिछाने का देश है (यो सन्दीप लामिछानेको देश हो) भनेर भनेका थिए, थाहा छ ? फेरि त्यो भाई (सन्दीप लामिछाने) चाँही किन सिङ्गापुर बसेको हो, यहाँ आउनु नि बरु…म थे क्या म साथ दिन्थे ।’

बलात्कारको आरोपमा आफूले लामिछानेको पक्ष लिने कुरा उहाँले स्पष्ट पार्नुभयो । साथै, उहाँले कुनै दिन साइकलबाट यात्रा सुरु गरेर आज ५ हजार भन्दा धेरैलाई रोजगार दिने अवस्थामा पुगेको स्मरण पनि गराउनुभयो । उहाँले भन्नुभयो, ‘मैले ५ हजार रोजगारी दिन्छु । महिनाको १२–१४ करोड तलब खुवाउँछु ।’

वर्षको ५० करोड भन्दा धेरै राजश्व राज्यलाई तिर्ने गरेको पनि उहाँले याद गराउनुभयो । राजनीति गर्दा कुनै राम्रो दल हेर्ने नभई जुन पार्टीमा छ त्यसैलाई राम्रो बनाएर लिनुपर्ने तर्क पनि गर्नुभयो ।

सम्बन्धित खबरहरु