
काठमाडौं । चर्चित कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । अधिकांश फिल्मको अंग जस्तै बन्ने गरेका कलाकार तामाङले शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा विवाह गरेका हुन् । उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका छन् ।
तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । बुद्धि र अनुको मागी विवाह भएको हो । अनु स्नातक तहमा अध्ययनरत् छिन् ।
‘कबड्डी’ फिल्म अभिनय गरेपछि चर्चामा आएका बुद्धिको ‘हैट’ थेगोलाई दर्शकले निकै रुचाएका छन् ।
बुद्धि तामाङ (जन्म: १९ फाल्गुन, २०३८ ) एक नेपाली बहुचर्चित कलाकार तथा रङ्गकर्मी हुन् । उनले मुलधारका नेपाली चलचित्र लगायत विभिन्न सांगीतिक भिडियो तथा विज्ञापनमा समेत अभिनय गरेका छन् ।
अभिनित चलचित्रहरू सन् २०१३ साँघुरो नरे, सन् २०१४ कबड्डी, सन् २०१४ टलकजङ भर्सेज टुल्के, सन् २०१४ शम्भला (छोटो चलचित्र), सन् २०१५ वडा नम्बर ६, सन् २०१५ तान्द्रो, सन् २०१५ कबड्डी कबड्डी 2, सन् २०१६ छक्का पञ्जा, सन् २०१६ पुरानो डुङ्गा, सन् २०१६ बिजुली मेसिन, सन् २०१७ घामपानी, सन् २०१७ ए मेरु हजुर २, सन् २०१७ २ रुपैयाँ, सन् २०१७ मेरो पैसा खोई, सन् २०१७ छक्का पञ्जा २, सन् २०१८ मिष्टर झोले , सन् २०१८ पञ्चेबाजा, सन् २०१८ कोहलपुर एक्सप्रेस, सन् २०१८ डमरुको डान्डिबियो, सन् २०१८ छक्का पञ्जा, सन् २०१८ नाई नभन्नु ल ५, सन् २०१८ चङ्गा, सन् २०१८ जय भोले, सन् २०१८ द कर्मा, सन् २०१९ साँइली, सन् २०१९ बीर बिक्रम २, सन् २०१९ पासवर्ड क्रमश: आइरहेका छन् ।