काठमाडौं । लामो समयदेखि अवैध संरचना भत्काउँदै हिडेको काठमाडौं महानगरिपालिकाले शुक्रबार पनि सो कामलाई जारी राखेको छ ।

शुक्रबार महानगरको टोली डोजर लिएर अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्र खाली गराउन पुगेको हो । अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचनामाथि महानगरको डोजर चलेको छ । अदालतले विभिन्न ठाउँमा डोजर नचलाउँन स्टे अर्डर दिएको छ । तर जहाँ आदेश दिएको छ त्यहाँ रोकेर सम्भावित अदालत जानेहरुकोमा भटाभट डोजर लागिरहेको छ ।

शुक्रबार नै बानेश्वर प्लाजामा भूमिगत पार्किङ सुरु गरिएको छ । यसअघि, साइनबोर्ड राखेवापतको कर ३० दिनभित्र बुझाउन महानगरले निर्देशन जारी गरेको थियो । महानगरभित्र व्यवसाय गर्ने केही व्यक्ति, संघ संस्थाले आफ्नो कार्यस्थल बाहिर राखी आएको साइनबोर्ड राखेवापतको रकम नबुझाएको भन्दै महानगरले हटाउने निर्देशन पनि जारी गरेको छ ।

महानगरलाई बुझाउनुपर्ने शुल्क नबुझाएको भन्दै ३० दिनभित्र सम्बन्धित वडा कार्यलयमा कर बुझाउन महानगरले निर्देशन दिएको हो । तोकिएको समयभित्र परिचयपाटी (साइनबोर्ड) शुल्क नबुझाउने वा तोकिएको साइजभन्दा ठुला राखेको पाइएमा तत्काल हटाउने पनि महानगरले स्पष्ट पारेको छ । तपाईंलाई जानकारी गराउ कि साइनबोर्डको लागि ६ वर्गफिटसम्मको लागि वाषिर्क ५०० रुपैयाँ शुल्क लाग्छ ।

त्यस्तै १५ वर्गफिटसम्मको लागि १५०० रुपैयाँ १५ देखि ३० वर्गफिटसम्मको लागि प्रतिवर्गफीट १ हजारको दरले शुल्क तोकिएको छ । ३० वर्गफिटभन्दा माथिको भने बोर्ड राख्न पाइदैँन् ।

सम्बन्धित खबरहरु